प्रधानमन्त्रीद्वारा माघी पर्वको शुभकामना

इनेप्लिज २०७१ माघ १ गते २:११ मा प्रकाशित

sushil-koiralaकाठमाडौँ, १ माघ । प्रधानमन्त्री सुशील कोइरालाले थारू समुदायको महान् चाड माघी र मगरलगायत अन्य समुदायले मनाउने माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश प्रकाशित गरी उहाँले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाल बहुजातीय, बहुभाÈिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र नेपालमा बसोबास गर्ने विभिन्न जात–जातिका आ–आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन् भन्नुभएको छ ।

नेपाली भू–भागमा बस्ने समस्त नेपालीबीच सदिऔँदेखि रहँदै आएको पारस्पारिक सद्भाव र सहयोगको भावना नै हाम्रो राष्ट्रिय एकताका आधारका रुपमा विकसित हुँदै आएको सन्देशमा उल्लेख गरिएको छ । अलग अलग इतिहास र परम्परासँग आबद्ध हाम्रा चाडपर्वहरुले सम्बन्धित समुदायमा नया“ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दै अन्य समुदायसँग आत्मीय सम्बन्ध विकास गर्न पनि सघाइरहेका पनि छन् ।

सन्देशमा भनिएको छ–अहिले हामी छ दशकभन्दा लामो समयदेखि लोकतन्त्र, शान्ति र स्थायित्वको लागि गरिरहेका सङ्घर्षहरुबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशीतासहितको लोकतन्त्रलाई संविधानसभाबाट निर्माण गरिने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने प्रयासमा लागिरहेका छौँ । यी ऐतिहासिक उपलब्धिलाई संस्थागत गरी राष्ट्रिय स्रोतसाधनहरुको विवेकपूर्ण उपयोग गरेर हामीले हाम्रै जीवनकालमा समस्त नेपाली जनतालाई समृद्ध बनाउँदै अहिले विकसित मुलुकका नागरिकले उपयोग गरिरहेका सुविधा उपयोग गर्ने अवस्थामा पु¥याउनु परेको छ ।

उहाँले समावेशी लोकतन्त्रको स्थायित्व र विकासमा सहयोगी बन्ने, नागरिक हकअधिकार अविच्छिन्न रहने र सङ्घीयताका जगमा टेकेर गणतन्त्रात्मक समावेशी लोकतन्त्रको संस्थागत विकासलाई सघाउँदै मुलुकमा शान्ति, स्थिरता र विकासलाई गति दिने संविधान अविलम्ब ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

वर्तमान संविधानसभामा प्रतिनिधित्व गर्ने समस्त जिम्मेवार राजनीतिक दलहरुले आत्मसात् गर्नुभएको आफूले महसुस गरेको बताउँदै उहाँले यस ऐतिहासिक कार्यलाई परिणाममा पु¥याउन समस्त नेपालीले साथ दिने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा आजको यस महत्वपूर्ण दिनले हामी सबै नेपालीको बीचमा बन्धुत्व, सद्भाव, एकता र सहिष्णुता विकसित गर्दै मुलुकको राजनीतिक, संवैधानिक, आर्थिक, सामाजिक विकास, दिगो शान्ति र स्थायित्वका लागि अत्यावश्यक मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्न हामी सबैलाई प्रेरणा दिन सकोस् भन्ने कामना पनि सन्देशमा गरिएको छ ।

यसैगरी, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले माघी पर्व तथा माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

विशेषगरी थारू, छन्त्याल र मगर समुदायमा मनाइने यस पर्व नेपालीको साझा पर्व भएको र विविध भाषाभाषी, संस्कृति, जातजाति रहेको देशमा यसप्रकारका पर्वले आपसमा सद्भाव, सहिष्णुता एवम् मेलमिलाप बढाउँदै मुलुकसामु रहेको समस्या समाधान गर्न प्रेरणा प्रदान गर्ने उपसभापति पौडेलले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया