जति कम बोल्यो त्यति गल्ति कम ,जति ज्यादा बोल्यो त्यति ज्यादा गल्ति हुने सम्भावना हुन्छ भन्ने भनाई छ l रिपब्लीकन दलका राष्ट्रपतिका प्रत्याशी डोनाल्ड ट्रम्प छिटो र धेरै कुराहरु अभिव्यक्ति दिन सक्ने भएका कारण बारम्बार विवादमा आउने गर्छन l
कैयो पटक उनले बोलेका कुराहरुलाई ज्यादा दबाब आए पछि संचार माध्यम मार्फत माफी माग्दछन l आगामी नोवेम्बर ८ तारिखमा हुने राष्ट्रपतिको चुनावी मुखमा फेरी एक पटक नराम्रो संग उनको थुतुनोको कारण विवादको भुमरीमा जकडिएका छन् l
उनले सन् २००५ मा महिलालाई अश्लिल शब्द प्रयोग गरिएको श्रब्य दृश्य (भिडियो ) वाशिंगटन पोस्टले सार्बजनिक गरि दिए पछि उनि ठुलो संकटमा पर्ने सम्भावना देखिएको छ l
अमेरिकाको राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेवारले यस्तो तल्लो स्तरको घटिया शब्द प्रयोग गरेको कारण अमेरिकाको राजनीतिमा ठुलो भूकम्प ल्याई दिएको छ l संचार माध्यममा जताततै उन्को भिडियो आए पछि केवल महिलाहरुले मात्र आक्रोस पोखी रहेका छैनन यत्र तत्र सर्बत्र नकारात्मक टिका टिप्पणी खेपी रहेका छन् l
उनले संचार माध्यम बाट आम माफी माग्दै म पूर्ण मानिस हैन भन्दै माफ मागेता पनि अझ यो मुद्धा व्यापक बन्दै गएको छ l उनले महिला प्रति राखेको दृष्टिकोणले उन्को चुनावी प्रचार प्रसारलाई ठुलो थप्पड लागेको छ l डरलाग्दो उथल पुथल ल्याउने सम्भावना देखिएको छ l अमेरिकाको राष्ट्रपतिका उम्मेदवारमा यस्ता बिबादास्पद बिषय बस्तुहरु सतह बाहिर आए पछि अमेरिकामा जनता तथा मतदाताले गम्भीरताले लिने गर्छन l र ,उनले अथाह चुनातिको सामना गर्नु पर्ने छ l
उनले महिलालाई अत्यन्तै तुच्छ शब्द प्रयोग गरेका छन् जुन कुनै पनि महिलाले सुन्न हिम्म्मत गर्नु पर्ने छ l अमेरिकामा उनले प्रयोग गरेका निम्न कोटिका शब्दहरु पारिवारिक जमघटमा सुन्न लायक छैनन् भनि पृष्ठ पोषण र प्रतिकृया लाखौ आई रहेका छन् l अत्यधिक दर्शक ,श्रोता ,अमेरिकन तथा बिश्वका जनताले यस्ता शब्दहरु आफ्ना सन्तान संग कसरी सुन्न सक्ने प्रतिक्रिया दिएका छन् l
उनले सन् २००५ मा एक बिबाहित महिला संग शारीरिक सम्पर्क गर्न चाहेको र शारीरिक रुपमा केहि हर्कत गरेको उनले बोलेको श्रब्य दृश्य सार्बजनिक भएको छ l ट्रंपले तल्लो स्तरको अपशब्द प्रयोग गर्दै महिलाका संबेदनशील अङ्गको बारेमा बोलेका छन् जसको कारण उनि अब उम्कन सक्ने छैनन् l र यसको जवाफ दिन मुस्किल हुने भएको छ l जुन कुकृत्य उन्ले तेश्रो बिबाह गरेका अहिलेकी जीवन संगिनी मेलानिया संग गरेको एक महिना पछि गरेको वाशिंगटन पोस्टले लेखेको छ l
उन्ले उक्त भिडियोमा भनेका छन् ,जब तिमि एक प्रसिद्ध व्यक्ति हुन्छौ भने महिलाले तिमीलाई जे पनि गर्न दिन्छन l तिमि जे पनि गर्न सक्छौ भन्दै आफुले महिलाको संबेदनशील अंग समातेको बोलेको सार्बजनिक भएको छ l म ख्याती प्राप्त व्यक्ति हु र म महिलालाई पक्डन सक्छु भनेका छन् l
यहि मौकामा डेमोक्र्याटिकका तर्फबाट हिलारी क्लिन्टन चुनावी प्रचार प्रसार अभियानले ट्रमले महिललाई गरेको अपमान तथा तुच्छ बनाउने गरि प्रयोग गरिएको अपशब्दको पर्दाफासले उनि अयोग्य छन् भनि दाबी गरेका छन् l
रिपब्लिकनका हस्तीहरु उनि माथि यसरि खनिएका छन् :
सभामुख पउल रायनले ट्रमको घृणास्पद कुरा माथि टिप्पणी गर्दै गत शुक्रबार ७ तारिखमा हुरिपब्लिकनका हस्तीहरु उनि माथि यसरि खनिएका छन् भने विस्कनसिनमा हुने कार्यक्रममा उनलाई नबोलाईने बताए l रायनले नै ट्रमलाई नआउनु भनि सीएनएनले लेखेको छ l
पुर्व राष्ट्रपतिका उम्मेदवार मिट रोमनिले एक बिबाहित महिलालाई आक्रमण भन्दै प्रश्न गर्दै यस्तो घिनौना अपमानजनक हाम्रा जीवन संगिनी तथा हाम्रा छोरीहरुको अपमान भएको भन्दै खेद प्रकट गरेका छन् l यसै गरि जन मेकनले यो भिडियोको परिणाम ट्रंपले भोग्ने छन् भनि लेखेका छन् l ट्रंपको लम्पट टिप्पणी प्रति कुनै माफ नहुने भन्दै कुनै पनि महिला पिडित हुनु हुदैन भनि लेखेका छन् l
ट्रमका उपराष्ट्र पतिका उम्मेद्वार माइक पेन्सले उनका बारेमा टिप्पणी गर्न चाहेनन् l यसै गरि उताह राज्यका सभासदले ट्रमलाई समर्थन फिर्ता लिएका छन् l यस्तै गरि रिपब्लिकन दलका थुप्रै हस्तीहरुले ब्यापक बिरोध गरेका छन् l न्युह्याम्प्सायरका सिनेटर तथा ट्रमका कट्टर आलोचक केली अयोटा तथा पूर्व राष्ट्रपतिका उम्मेदवार जेब बुशले सामाजिक संजाल ट्वीटर बाट जवाफ दिएका छन् l
राजनीतिमा रातारात पासा पल्टिन्छ l यो श्रब्य दृश्यको सार्बजनिकले उनलाई डरलाग्दो सङ्कट निम्त्याएको छ l डोनाल्ड ट्रंपले यसो भनेका छन् ” मैले भने ,यो गलत थियो र म खेत प्रकट गर्छु ” यसलाई अमेरिकन जनताले क्षमा गर्छन या गर्दैन् ? त्यो भबिष्यको कुरा हो l क्षम्य हुने बिषय वस्तु हो या हैन ? आगामी नोवेम्बर ८ तारिखमा हुने राष्ट्रपतिको निर्वाचनमा हाम्रो मान्छे भन्दा राम्रो मान्छे ल्याउने निर्णय अमेरिकन जनताको हातमा निर्भर रहने छ l
अमेरिकन संचार माध्यममा लगातार ट्रमले बोलेको भिडियो सार्बजनिक निरन्तर रुपमा भै रहेको छ l भोलि आइतबार दोश्रो राष्ट्रपतीय बादबिबाद सीएनएन द्वारा प्रतक्ष्य प्रसारण गरिने भएको छ l
पशुपतिनाथले नेपालीलाई रक्षा गरुन !
प्रतिक्रिया