दिनप्रतिदिन जनलहर बढिरहेको छ । के गाउँ के शहर के देश के बिदेश हरेकको दिमागमा पानी बगिरहेको छ । दिमागमा पानी बगिसकेपछि अवश्य जमिनमा पानी बगाउन गार्हो हुनेछैन भन्ने मान्यतामा आधारित रहेर बिशाल बन्दै गैरहेको पानी अभियानमा आफ्नो जन्म दिनको अवसर पारेर डेनमार्कबाट तत्काल प्रोत्साहन स्वरुप ११ हजार ११ सय ११ रुपैया श्री सोम सापकोटाले प्रदान गर्ने हुनु भएको छ ।
साथै उहाँले पानी अभियानको नारा सफल नहुँदासम्म हरेक बर्ष सहयोग गरिरहने जानकारी दिनु भएको छ ।
स्मरण रहोस् यसै बिच स्वीजरल्यान्डबाट प्रसारित अनलाईन पत्रिका नेपाल स्वीस डट कम Nepalswiss.com ले छुट्टै पानी अभियान नामक पेज बनाएर बिभिन्न देश बिदेशमा हुने पानी गतिबिधी प्रसारित गर्ने भएको छ । साथै पानी अभियानलाई साथ दिनको लागि पत्रिकाको शुरूवातमा पानी अभियानको नारा ” हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाई होस् ” राखिएको छ ।
प्रतिक्रिया