डीसीमा विवेकशील नेपाली दलका नेतृत्वसँगको भेटघाट

इनेप्लिज २०७३ असोज ३ गते २२:१६ मा प्रकाशित

bibekshil-2

वासिंङटन डीसी मेट्रो क्षेत्रमा रहनुभएका आदरणीय आमाबुवा, दाजुभाइ, दिदी बहिनी तथा मित्रहरुमा नमस्ते !

हामीलाई थाहा छ तपाईंहरुको नेपालप्रतिको अभूत माया सदभाव गहिरो किनकी गत बर्षको भुकम्पमा तपाईहरुले गरेका नेपाली ज्यानै बचाउने सहयोगहरु हामीले बिर्सन सक्दैनौँ।  हामीले तपाई जस्तै पनि उच्च शिक्षा लिने क्रममा अमेरिकाको भर्मोन्ट भर्जिनियामा अध्ययनका लागि केही महत्वपूर्ण वर्षहरु बिताएका थियौं आज हामी फर्केर देशलाई उँभो लगाउन दृढ छौँ।

नेपालको अहिलेको राजनीति हेर्दा एकपछि देशमा अर्को राजनीतिक कुसंस्कार र असफलता थपिदैँ गएको छ।  हामीले यहि राजनीतिक बेथीतिलाई अन्त्य गर्न सुंस्कृत राजनीतिबाट समृद्ध नेपाल बनाउन बिभिन्न नवीनता प्रयोग गर्दै आएका छौं जसले हाम्रै कालमा देशलाई शान्त समृद्ध बनाउनेछ।

यसर्थ हाम्रा अनुभव आदनप्रदानका साथै आगामी दिनमा कसरी नेपाललाई विश्वकै केन्द्रविन्दुमा पुर्याउन सकिन्छत्यस बारे बुझ्न त्यसमा सहयोग गर्न तपाईको प्रेरणा उचित सुझाव दिनु हुन बिनम्र अनुरोध गर्दछौं

मिति, समय स्थान तल उल्लेख गरिएको

प्रार्थी

उज्वल थापा (विवेकशील नेपाली दल) अध्यक्ष,

अनुशा थापा (पीएचडी) सीइओ

 

स्थान: आर्लिङटन सेन्टर पुस्तकालय आर्लिङटन

1015 N. Quincy St, Arlington, VA 22201

 

समय: अपरान्ह ३ बजेदेखि ५ बजेसम्म

सम्पर्क फोन : ३०१ २६६ ००२३

bibekshil

प्रतिक्रिया