बुटिक ,डेटिङ्ग ,फायर साइड ,मिसकल ,रिसेप्सनिस्टलाई के के भनिन्छ ?

इनेप्लिज २०७३ भदौ २९ गते २:१२ मा प्रकाशित

BIJAY-THAPA

जति सोध खोज गर्यो त्यतिनै जान्ने भईन्छ l जान्न खोज्दा राम्रो हुन्छ l नजान्न खोज्दा पनि केहि बिग्रदैन l तर लेख्ने मानिसले जान्यो भने अति उत्तम l कलम चलाउनु पर्ने कुनै पनि पेशाकालाई यस्ता नेपाली शब्दले ज्ञानको भण्डार बढाई दिन्छ l

अल्छि गर्नु हुदैन कलम घुमाउनेले l कलम चलाउन सकसक गर्नेलाई यस्ता शब्द फेला पर्दा दुर्लब एक मुखे रुद्राक्षको दाना फेला परेको जस्तो पनि हुन् सक्छ l अनमोल हुन् सक्छ l फेला पारेर मात्र हुदैन प्रयोग गर्न सक्नु पर्छ l शब्द भण्डार जति ज्यादा प्रयोग गर्यो त्यति नै पण्डित हुइञ्छ l

यो पंक्तिकार पत्रकारिता पेशामा रहेकोले सकभर नेपाली नै शब्द प्रयोग गर्ने जमर्को गर्दछ l यसै लेख्ने क्रममा आफु संग भएका शब्द भण्डार पाठकलाई समेत पुगोस भन्ने चाहना रहेकोले पस्कने आँट गरेको छु l यसै गरि फ्याक्सलाई दूर प्रतिलिपि या दूरप्रकाशन भनिन्छ l

अधिकांसलाई बुटिकलाई नेपाली भाषा मा के भन्छ भन्ने थाहा नहुन पनि सक्छ ,यसलाई वस्त्रालय भनिन्छ l डेटिङ्ग शब्द नजान्ने र नसुन्ने कोहि पनि छैनन् होला l यसलाई पुरुस महिला तिथि या मिति निर्धारण भनिन्छ l भुसन दाहालले अन्तर्वार्ता लिने एक कार्यक्रमको नाम फायर साइडलाई चुल्हो भनिन्छ l

यसै गरि कसैलाई संचार माध्यम बाट कसैलाई घन्टी दिदा उठेन भने त्यसलाई अंग्रेजीमा मिसकल भनिन्छ भने आज सम्म कसैले पनि यसलाई नेपालीमा भनेको आफुले सुनको छैन l जनाऊ घन्टी भन्दा के फरक पर्ला l

यसै गरि हामी अतिथि गृहमा जान्छौ तर त्यो स्थानलाई अंग्रेजीमा रिसेप्सन भनिन्छ l तर त्यहाँ बस्ने स्वागत गर्ने पुरुष या महिलालाई के भनिन्छ हामीलाई ज्ञान नहुन सक्छ l रिसेप्सनिस्टलाई नेपालीमा स्वागतकार भनिन्छ l रिसेप्सनलाइ स्वागतकक्ष भनिन्छ l यसै गरि भेनटिलेटर लाई वायु-प्रवाहक भनिन्छ l ट्वीटर लाई प्रलाप भनिन्छ l या च्वाँ च्वाँ भनिन्छ l यसै गरि रिबन लाई पट्टि या फित्ता भनिन्छ l

यसै गरि प्रसिद्ध बेलायती संगीत मण्डली बिटल्स लाई नेपालीमा गोब्रे किरा भनिन्छ l यसै गरि हृदयघात हुने लेफ्ट भेनट्रीकल लाई देब्रे क्षेपक कोष्ठ भनिन्छ l  यसै गरि प्लास्टरलाई लेप भनिन्छ l

यी जान्ने पर्ने भन्ने शब्दको अर्थले लेखिएको कदापी हैन l मन परेन भने बेवास्ता गरे पनि हुन्छ l एक पटक यस्ता शब्दका पनि नेपाली शब्द पनि हुदा रहेछन भनि सम्झना गर्दा केहि बिग्रने छैन l जानी राख्दा खराबी चाही हुदैन l यो पंक्तिकारले हरेक पटक कलम चलाउदा पाठकलाई नया शब्द पस्कने र त्यसको अर्थ कोष्ठक मा दिने गरि रहेको छ l

यस्ता शब्दहरुका वर्षा नियमित हुने पाठक वर्गलाई जानकारी दिदै पूर्ण बिराम l

प्रतिक्रिया