नेपाली भाषा कुनै भाषा भन्दा गरिब र कम्जोर कदापी छैन l एक शताब्दी पछि अंग्रेजी भाषाले पुरा विश्व खाने हो कि भन्ने डर पनि छ l विश्व ब्यापी रुपमा यहि भाषालाई नै पूर्ण प्राथमिकताको साथ मान्यता दिईन्छ l अंग्रेजी भाषा बिना परिकल्पना गर्न सकिदैन l
जीवनमा उन्नति र प्रगति गर्नु छ भने यस्मा पण्डित हुनु जरुरि छ l तर अंग्रेजी भाषाको ज्ञान भएन भने जीवन नचल्ने पनि होईन l परदेशीएकालाई देश र भाषाको माया धेरै लाग्दछ । हामी बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ ।
यो हाम्रो सम्पत्ति हो र श्रद्धा गर्दछौ । यो बिना हामी कल्पना पनि गर्न सक्दैनौ । यसको संरक्षण र प्रबर्धन हामी सबैले डटेर गर्दा मात्र नेपाली भाषाको पहिचान चिरस्थाई हुन्छ नत्र कुनै काल खण्डमा विश्वमा भै रहेको भाषाको प्रभावमा मासिने डर हुन्छ । अंग्रेजी भाषालाई पुरा प्राथमिकता दिदा हाम्रा पुर्खाले जोगाई राखेको अमुल्य नासो बिलिन हुन् पनि सक्ने छ l
विदेशी माटोमा रहँदा मात्रीभूमिले मुलुकले लगाएको गुनको पैचो तिर्न एउटा विदेशीएको नेपालीले आफ्ना बिचार र भावना पोख्न कविता, कथा, गीत र साहित्यलाई हतियारको रुपमा प्रयोग गरि आफ्ना कुराहरु पस्किरहेको हुन्छ ।
हामी नेपालीमा नै नेपाली समुदायसंग बोल्न रुचाउछौ । हाम्रा हृदय भित्र उकुस मुकुस भएर रहेका भावना र वेदनाहरुहरु यसै माध्यमबाट अभिव्यक्त गर्दछौ । भाषाको विकास हेतु प्रशस्त सापटी लिएर काम चलाईएको छ ।नेपाली भाषा पनि यसरि नै निर्माण गरिएको छ । नेपाली भाषाको जननी संस्कृत भाषा हो । मात्री भूमिमा मात्र नभै परदेशमा नेपाली भाषाले नेपाली नेपाली बीच गहिरो साईनो लगाई दिन्छ ।
सयुक्त राष्ट्र संघ, शैक्षिक, बैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले संसारमा बोलिने करिब छ हजार भाषा मध्ये तीन हजार भाषा लोप भै सकेको उल्लेख गरेको छ l नेपाली भाषाको समृद्धता र सम्पन्नतालाई शब्द ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ ।
यदि हामीले भाषामा ध्यान दिएनौ भने भोलि नेपालीमा अंग्रेजी मिसाएर बोलेको हो या अंग्रेजीमा नेपाली मिसाएको हो भन्ने एकिन गर्न नै गाह्रो हुन्छ । नेपाङ्ग्रेजि बोल्ने चलन आई सकेको छ l झन् कलम चलाई रहने पेशामा संलग्न पत्रकार ,साहित्यकार ,कबि ,लेखकहरु समयको अभाव भनु या अल्छि भै दिनाले अंग्रेजी शब्द कै प्रयोग गर्ने प्रचलन आएको छ l
बिशेष त यिनै पेशामा भएकाहरुलाई अझ फाईदा होस् बन्ने हेतुले यो पंक्तिकारले कैयौ शब्दहरु पस्कने जमर्को गरेको छ l अत्यधिक रुपमा राष्ट्रिय स्तरका पत्रिकामा पनि अंग्रेजी शब्द नै प्रयोग गरेको आफुले देखेको र पढेको छु l समय व्यवस्थापन गर्न सकिने छ भने एक पटक पढ्न आग्रह गर्दै निरन्तर यस्ता शब्दहरु लेखनबाट विश्व भर रहेका सबै नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु l
पत्रकारिता पेशामा पाठकले बुझ्ने र सरल भाषा प्रयोग गर्ने भन्ने सिद्धान्त हुन्छ l क्लिस्ट शब्द प्रयोग गरे पढ्दैनन् भन्ने सोचिन्छ तर त्यसो हुदैन l झन्डै आधा दशक देखि यो पंक्तिकारको गरेको परिक्षण र प्रयास बाट के देखियो भने सोध ,खोज तथा अनुसन्धान गरि नेपाली भाषा मात्र प्रयोग गरेका समाचार ,लेख र अन्य सामग्री अझ पाठकले रुचाएको देखियो l जस्को सप्रमाण हामी संग सुरक्षित छ l
हार्ड ड्राइभ लाई नेपालीमा बाह्यध्रुवचालक ,एप लाई नेपालीमा अनुप्रयोग भनिन्छ l सफ्टवेयर लाई तन्त्रांश ,सफ्टवेयर ईन्जिनियरलाई तन्त्रांशविधानशास्त्र ,यसै गरि हार्ड वेयरलाई यन्त्रांश तथा हार्डवेयर ईन्जिनियरलाई यन्त्रांश अभियन्ता भनिन्छ l यसको प्रयोग गर्नु पर्ने भन्ने है ज्ञान राख्दा केहि बिग्रदैन l
कम्प्युटरलाई संगणक ,यसै गरि ल्यापटप लाई अङ्कसङ्गणक भन्ने गरिन्छ तर प्रयोग अत्यन्तै दुर्लब रुपले गरिन्छ l यसै गरि डेस्कटपलाई कार्यपीठिका भन्ने गरिन्छ l यसै गरि मोबाईल फोन लाई भ्रमण ध्वनि यन्त्र भनिन्छ l यसै गरि चेकबुकलाई धनादेशपुस्तक ,मदर बोर्डलाई मुख्यपरिक्रमाधार ,प्रिन्टरलाई मुद्रक ,टाईपिङ्ग लाई टंकन ,फेसनलाई भेषभुसा ,माउसलाई ई-मूषक ,अनलाइन लाई लब्धसम्पर्क भनिन्छ भने अनलाईन सर्विसलाई जालाधारितसेवा भनिन्छ l
यसै गरि ट्याग गर्नु लाई अङ्कन भनिन्छ भने टेलीफोनलाई दूरभाष भनिन्छ l यसै गरि लिंकलाई सम्बन्ध या सिक्री या धर्सो पनि भनिन्छ l यसै गरि अमेरिकामा प्रयोग हुने राउटर लाई प्रेषक भनिन्छ l गियरलाई दाँते भनिन्छ l
यसै सामग्री प्रस्तुत साथ यस्तै कहिले नसुनेका नेपाली शब्दहरु निरन्तर ल्याउने प्रतिबद्धता सहित कुनै अंग्रेजी शब्दको नेपाली शब्द भेटिएन र जान्न चाहेमा कृपया तल दिइएको बिधुतिय पत्र मार्फत पठाउनु सक्नु हुने छ l विश्व को कुनै कुनामा भएता पनि सोध खोज गर्ने अवस्था छ भने यो पंक्तिकारको यहाहरु सबैलाई सहयोग गर्न कोसिस गर्ने छ l यो पंक्तिकार २१ बर्ष देखि निरन्तर बिशुद्ध नेपाली भाषा बोल्ने ,बिशुद्ध लेख्ने र हाल सम्म नेपाली मुलका कुनै पनि नेपाली संग एक शब्द पनि अंग्रेजी नमिसाई बोल्ने अभियानमा छ l अन्यथा नलिनु होला l
प्रतिक्रिया