मादक पदार्थ पिउन घनिष्ट मित्रले मलाई जिउदै दुई पटक मारे ,हैट !

इनेप्लिज २०७३ भदौ १८ गते १:४६ मा प्रकाशित

IMG_3091

पाठक वर्ग माथिको शिर्षक पढ्ने बित्तिकै अचम्म पर्ने छन् भने लागेको छ l दुई पटक मानिस कसरि मर्छ l मानिसको जुनी ८४ लाख बर्षमा आउने हो l मजाक त गरेको हैन भन्ने भान पनि पर्न सक्छ l मेरो जीवनको अत्यन्तै अविस्मरणीय़ घटना हो l घटना मैले आफ्नो बाल्यकाल बिताएको सुन्दर नगरी धरान को हो l कहिले भुल्न खोजे पनि सक्दिन ,सक्नु पनि कसरि ? पांच छ बर्ष देखि करिब २५ बर्ष सम्म बिताएको आफ्नो प्यारो शहर धरान l

आफुले अति बिश्वास गरेको मित्र र केटा केटि देखि नै को लंगौटिया मित्रले मेरो नाम लिएर कैयौ पटक रक्सि पिएका रहेछन l अचेल उनि विदेश गएको छु भन्ने सुनेको छु l म संग सम्पर्कमा छैनन l र,मैले उनको नाम लिने पक्षमा पनि छैन किनभने कलम चलाउने भएकोले त्यो परिवेशको कुरा पाठक वर्गमा पस्कने मेरो जमर्को मात्र हो l

पसलमा उधारोमा मेरो नाम लिएर बाकी खातामा राखेका हैन l मैले बिजक तिरी दिन्छ भनेर पनि टन्न पिएको पनि हैन l मादक पदार्थ दैनिक सेवन गर्नु पर्ने l उनलाई सेवन नगरि निन्द्रा पनि नलाग्ने ट्वाटे भन्दा केहि फरक नपर्ला l तर, हाल उनि सरिफ र विदेशमा छन् l

उनको उमेरमा आफु मादक पदार्थ कम सेवन गर्ने थियो l अहिलेको मेरो उमेर भन्दा झन्डै आधा कम लहलह उमेरको कुरा गर्दैछु l पाठक वर्गले फेरी प्रति प्रश्न गर्ने छन् भनि अहिले नै स्पस्टिकरण दिनु उचित हुन्छ l चोरले आफुलाई कहिले चोर भन्दैन भनेको जस्तै l नेपालमा हुदा आफुले जौ मदिरा मात्र सेवन गर्ने गर्थे l अमेरिकामा आए पछि त्यो भिष्म प्रतिज्ञा तोडियो l मदिराका प्रकारहरु रातो छाप ,कालो छाप र निगार पनि चलाउने गरेको छु l

बिबाह पछि उनि सप्रे l गोधुली साँझमा घर पुग्थे l मदिरा लगभग बन्द भयो l खोया बिर्के गंगाको पानीमा चढाएको सुनियो l हामीले धज्जी उडाएर उनलाई राम एउटा असल केटा हो भन्ने गुरुहरुले हामीलाई अक्षर राम्रो बनाउनको लागि अभ्यास गराएको सम्झदै उनलाई जिस्काएका थियौ l हेर … यो सप्रेको ? खुब जिस्काउने गरेकोले सहि नसक्नु भएछ ,बिबाह पछि को केहि महिना पछि उनले धर्म पत्नी संग तामा छोएको तोडे l खोया बिर्केलाई मोहनी लगाए l

गोधुली साँझमा पुग्ने उनि मध्ये रातमा घर पुग्न थाले l यो क्रम अझ तिब्र हुन् थालेछ l

उनले पहिला मादक पदार्थ खान सुरु गरे पछि मादक पदार्थले उनीलाई खान सुरु गरेछ l घर झगडा रक्सिया संग घर परिवारको नहुने कुरै भएन l घर ढिलो जाने गरे पछि अर्धांगिनीलाई स्पस्टिकरण दिदा दिदा हैरान l बहाना सधै बनाउथे l कहिले के भन्थे कहिले के भन्थे र श्रीमती संग माफी पाउथे l

हुदा हुदा म नजिक को मित्र म बाहिर गइ रहने l मेरो उनको श्रीमती संग पनि चिनजान थिएन किनभने उनि म संग अलिक टादिदै गएका थिए lसधै जाँड धोक्ने स्वास्नीसंग बच्न सबै उपाय समाप्त भए पछि मेरो नाम लिदै मेरो सानोको अति मिल्ने मित्र ,गुच्चा र डन्डी बियो खेल्ने साथी आज भटभटे दुर्घटनामा ज्यान गएछ l सहने नसक्ने भो दुख बिर्साउन पिएर आएको भने पछि होला नि त भनेर उनकी धर्म पत्नीले माफ गरि दिईन l जाँड खाने मानिसले धेरै बहाना बनाउने हुनाले सम्भवत उनका बहानाको सबै सकिएछं होला l उनले आफ्ना मिल्ने साथी भाईलाई रक्सि पिउनको लागि नाटक गरि जिउदै मारी आफुले रक्सि धोक्ने गरेका रहेछन l

साथीभाईको नाम लिदा लिदा सायद सकिएछ होला l अर्को पटक मेरो नाम लिदै फेरी श्रीमतीलाई हृदय घात भएर उ गएछ l असह्य भयो ,थाम्नै सकिन भनि फेरी खोया बिर्के सेवन गर्यो l बिचारा भाउजुलाई के थाहा ? त्यो सब अभिनय र केवल झुटा कहानी ?संयोग बस मैले एक दिन मौका पाए उसको घर गएको र भाउजु संग चिनजान गरेको त् तपाई फलाना हैन ? वहाले तपाई यो दुनियामा हुनु हुन्न अरे भन्दा छाँगा बाट खसेको जस्तो भयौ l

र, विश्वास लागेन र साथी प्रति घृणा उत्पन्न भयो किनभने आफ्नो अत्यन्तै मिल्ने साथीलाई त्यस्तो सम्म भनेर जाँड धोक्न सक्ने मेरो मित्रलाई मैले सदाको लागि बिर्सनु उचित ठाने l त्यहाँ बाट यथार्थता बुझे र कुले लाम ठोके l

केवल पिउनको लागि मलाई दुई पटक जिउदै मारेर बदमासी गरेर उनलाई सायद केहि फाईदा होला जस्तो मलाई लागेन l जीवन र जगत का कुरा मेरो मस्तिस्कमा उब्जन थाले lउनकी श्रीमतीले दोश्रो पटक रक्सि खाएर मातेर घर आउँदा त्यहि मानिसको नाम लिदा अस्ति मरेको हैन भनि प्रश्न गर्दा ईस्वरको कृपाले बाचेछ भन्दै पुन मातिएर आएको कहानी सुनाउदा अझ म झस्किए l

पहिलो पटक भटभटे दुर्घटना र दोश्रो पटक हृदयघात भएर यसरि म आफ्नै साथी द्वारा मलाई जिउदै मारेका रहेछन l अत्यन्तै दुखित भए र किन यसरि गरेको होला भन्ने सोचे l आफैले त्यसो उत्तर पनि निकाले, रक्सिले खाए पछि मस्तिस्कले काम गर्न छोड्छ l मस्तिष्कले काम बन्द गरे जड्याहाले के ठिक र के बेठिक छुट्याउन सक्दैन l सम्भवत ,मादक पदार्थले खोपडीमा गोबर भरि दिएको र त्यस्तो निच सोचाई स्वत आएको हुनु पर्छ भनें सोच्दै एउटा मित्र यसरि गुमाउनु परेको कुरा पाठक वर्गलाई पस्कने साहस लिएको छु lर,मलाई विश्वास छ यस्तो घटना यहाहरुसंग पक्का पनि घटेको छैन होला भन्दै आफु जिउदो हुदा हुदै दुई पटक मित्र द्वारा मारिएको कथा अमेरिकामा बिदेशीहरुलाई सुनाउदा हासेर पेट मिचेर मुर्छा परेका छन् l

यस्तो घटना चलचित्रमा कहिले कही कहानी मिलेको जस्तो लाग्नु अलग कुरा हो तर यस्तो पनि हुने रहेछ भनि सोच्दै नसोचेको कुरा हुनुले मित्रता सम्बन्धमा केयौ सवाल उब्जाई दिन्छ l

र ,यस्तो घटना र यस्तो कपोलकल्पित घटना कसै संग पनि नघटोस भन्दै यस्तै संस्मरण लिएर पुन उपस्थित हुने बचन बद्धताको साथ बिदा l

प्रतिक्रिया