डिसीमा डाईमण्ड शमशेरका सुपुत्र ,रघु शमशेर ,ज.ब.रा. संग लिइएको बिशेष कुराकानी :
प्रख्यात उपन्यासकार स्व डाईमण्ड शमशेरका छोरा रघु शमशेर ,ज.ब.रा.अमेरिकाको भ्रमणको क्रममा डिसी आई पुगेको समयमा डाईमण्ड शमशेरको बारेमा ईनेपलिजले राखेको जिज्ञाशामा गौरबका साथ रघु शमशेर ,ज.ब.रा. ले मेरो पिता डाईमण्ड शमशेरकाको नामले मलाई चिन्दा मलाई गौरब लाग्छ भन्नु भयो l
जिज्ञाशा राख्ने क्रममा वहाले अमेरिका पहिलो पटक आएको बताउदै अमेरिका बत्तीस लक्षण भएकी र सबै गुण भएकी स्त्री जस्तै आफुलाई लागेको बताउनु भयो l बालककालमा स्वर्गीय तथा श्रद्धेय पिता डाईमण्ड शमशेरले तपाईलाई गरेको कुनै अविस्मरणीय घटना आदि ईत्यादी छ भन्ने सेरोफेरोमा सवाल गर्दा मेरो बुवा सेनामा हुनु हुन्थ्यो भन्दै पिताले जागिर छोडे पछिका केहि अप्ठ्यारा तगाराहरुका बारेमा चर्चा गर्नु भयो l
पत्नी साथ अमेरिकामा रहेका छोरालाई भेटघाट गर्न अमेरिका आएको र अमेरिकाले मोहनी लगायता पनि देश प्रेम को अगाडी क्षणिक मोहजालमा आफु नपर्ने ईशारा दिनु भयो l ईनेपलिजले डाईमण्ड शमशेरका बारेमा खोतल्ने क्रममा आफ्ना पितालाई बिक्रम सम्बत २०१४ सालमा १५ दिन थुनामा राखेको स्मरण रहेको बताउनु भयो l रघु शमशेरले बिक्रम सम्बत २०१७ सालमा प्रजातन्त्रको घांटी निमोठे पछि आफ्नो पितालाई ६ बर्ष कारागार लागेको बताउनु भयो l
रघु शमशेरले कुराकानीको क्रममा आफ्ना पिता डाईमण्ड शमशेर कांग्रेसी भएकोले महामानव स्व बिपी कोइराला संग नजिक रहेको र कुराकानी गरि रहनु हुन्थ्यो भनि बताउनु भयो l
यिनै सेरो फेरोमा वहा सग गरिएको तथा निकै रोचक भलाकुसारी हेर्न यस श्रब्य दृश्य (भिडियो ) थिच्नु होस् :
प्रतिक्रिया