डिसीमा टकमांडूको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ साउन १८ गते २:१४ मा प्रकाशित

talkmanduडिसी महानगर क्षेत्रमा बिभिन्न पेशामा संलग्न रहेका ,चिकित्सक ,बैज्ञानिक ,अनूसन्धनकर्ता तथा अन्य पेशामा उच्च तहमा रहेका नेपाली मूलका युवाहरुले नेपाल र नेपालीहरुको हितको लागि बिशेष कार्यक्रम लिएर आएका छन् l आफुहरु बिभिन्न पेशामा आबद्ध भएता पनि बिशुद्ध पवित्र अभिप्रायले नेपाली समुदायमा केहि गरौ भन्ने दृढ संकल्प साथ काँधमा काँध मिलाउदै कदम बढाउने घोषणा गरेका छन् l

गत जुलाई ३१ तारिख आगामी अगस्त महिनाको २८ तारिखमा हुने बिशेष कार्यक्रमको बारेमा जानकारी गराउने हेतुले यिनै युवाहरुको पहलमा निर्माण भएको टकमांडू टोलि द्वारा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्यो l उक्त कार्यक्रममा टकमांडू संग आबद्ध युवाहरुले पत्रकारलाई यसको उदेस्य ,भावीयोजना ,भाबी कार्यक्रम तथा जिज्ञासाहरु बारेमा जानकारी दिए l

talkandu 2
टकमांडू समुहका युवाहरुले प्रयास स्वरुप आयोजना गर्न लागेको नेपलिज प्रोफेसनल मिट अप नामक कार्यक्रममा अमेरिकामा रहेका बिभिन्न व्यवसायमा रहेका प्रख्यात बिज्ञ तथा बिशेष व्यक्तिहरुलाई भेटघाट गराउने भएका छन् l

उक्त पत्रकार सम्मेलनमा जानकारी दिदै प्रशिद्ध बिशेष व्यक्तित्वहरुका सफलताका उत्प्रेरणा दायक वृतान्त ,जीवनी तथा कथाहरु सुन्ने र यसबाट सबैलाई उत्प्रेरणा मिलोस भन्ने अभिप्राय पनि रहेको भेटघाट कार्यक्रममा जानकारी गराएका छन् l

प्रथम पटक भएकोले प्रारम्भिक चरणमा सामाजिक क्षेत्रका कुरा गर्ने छौ भन्दै कालान्तरमा बिज्ञान ,प्रबिधि ,चिकित्सा ,कानुन ,बाणिज्य तथा सामाजिक बिज्ञान आदि ईत्यादी बिषयमा समेत कार्यक्रमको गरिने समेत बताए l

talkmandu 1

मुलत नेपाली समुदायलाई संजालको विकास गर्ने ,जीवनवृति बनाउन चाहना राख्ने ,जीवनलाई अगाडी बढाउन ईक्षा राखें ,महत्वाकांक्षी,अमेरिकामा आएर सहि मार्ग छुट्याउन दुबिधा परेका ,अमेरिकामा अल्मलिएका नेपाली समुदायलाई यस्ता कार्यक्रमको माध्यमबाट कसरि सहयोग गर्न सकिन्छ भन्ने समेत टकमांडू टोलिको रहेको पत्रकार भेटघाटमा जानकारी गराए l

talkmandu 3

डिसीमा हुने आगामी कार्यक्रममा अमेरिकाको लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की ,संचारकर्मी नारायण श्रेष्ठ ,उधमी तथा लेखक कर्ण शाक्य ,व्यवसायी सिजन श्रेष्ठ ,अधिवक्ता बन्दिता दाहाल शर्मा ,चिकित्सक डा मदन उप्रेती ,डा संजिवन गौतम अन्य बिशेष व्यक्तित्वहरुसंग भेटघाट तथा अन्तरक्रिया गराइने तय भएको बताए l

कार्यक्रममा सहभागी हुन् निशुल्क दर्ताको चाजो मिलाईएको पनि पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए l टकमांडूको तर्फ बाट बोल्नेहरुमा अभियन्ता पुष्कर प्रजापति ,बैज्ञानिक डा रोशन श्रेष्ठ ,बैज्ञानिक डा मनोज रजौरे ,डा बिशाल भण्डारी तथा अभियन्ता सुजय श्रेष्ठ रहेका थिए l

टकमांडू समुहका अनिल रंजित ,दिपेन घिमिरे ,धर्म जोशी लगायत अन्यले पनि जानकारी दिएका थिए l

talkmandu-800x558

talkmandu 5

प्रतिक्रिया