माइक्रोबस पल्टँदा पन्ध्र घाइते

इनेप्लिज २०७३ असार ४ गते ८:३४ मा प्रकाशित

पोखरा, ४ असार । कास्कीको भरतपोखरीबाट पोखरातर्पm आइरहेको ग १ ख ३४२६ नंको माइक्रोबस आज बिहान पोखरा– १७ को दोबिल्लामा पल्टँदा १५ जना घाइते भएका छन् ।
तीव्र गतिमा गुडिरहेको सो माइक्रोबस फुस्रे खोलामाथि बनेको पुलमा एक्कासि ब्रेक लगाउँदा सडकभन्दा तीन फि तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि वज्राचार्यले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतेमध्ये ११ जनाको मनिपाल शिक्षण अस्पताल र चार जनाको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनामा बस चालक पनि घाइते भएका छन् ।

प्रतिक्रिया