विराटनगर, ४ वैशाख । जिल्ला विकास समिति मोरङले पाँचवटा गाविसलाई धँुवामुुक्त बनाउने तयारीमा जुटेको छ ।
जिल्लाका रमिते, वारङ्गी, भोडाहा, सिंहदेवी र पोखरियालाई धँुवामुुक्त गाविस घोषणा गर्न लागिएको जिल्ला विकास समितिले जनाएको हो ।
ती गाविसमा चालु आर्थिक वर्षमैं सुुधारिएको चुुलोे वितरण गरिने जिल्ला विकास समितिको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुुख ज्ञानेन्द्र सिंहले जानकारी गराउनुभयो ।
जिविस मोरङले, वैकल्पिक ऊर्जा केन्द्र, मोरङ र सम्बन्धित गाविसको सहयोगमा चुुलो वितरण गर्न लागिएको सिंहले बताउनुुभयो ।
पहिलो चरणमा ती गाविसमा ४०० भन्दा बढी सुुधारिएको चुुलो वितरण गर्ने लक्ष्य राखिएको छ ।
ती सुधारिएका चुलो प्रयोगमा आएपछि वातावरण स्वच्छ हुने र गृहिणीहरुलाई धुँवाका कारण आँखा र श्वासप्रश्वासको समस्या घट्ने सम्भावना देखिएको छ ।
प्रतिक्रिया