धनकुटा, २ चैत । धनकुटाको लेगुवा–१ छुम्लिङमा भीषण आगलागी भइरहेको छ । दिउँसो अचानक सुरु भएको आगोले हालसम्म ११ घर जलेर नष्ट भइसकेका छन् ।
स्थानीयका अनुसार शान्तिराम पौडेल, तोयानाथ पौडेल, रोमन अधिकारी, लक्ष्मी लामिछाने, सचिन्द्र लामिछाने, गजेन्द्र लामिछाने, नारायण लामिछाने, कमल तामाङ, इन्द्रबहादुर तामाङ, दामोदर दाहाल र रामबहादुर तामाङको घर जलेका छन् । अझै केही घर आगोको जोखिममा रहेका छन् । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको छ ।
स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि जितपुर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । यता जिल्ला सदरमुकामबाट पनि प्रहरी घटनास्थल पठाइएको प्रजिअ प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
प्रतिक्रिया