सडक दुर्घटनामा सात घाइते

इनेप्लिज २०७२ चैत २४ गते २:४४ मा प्रकाशित

Road Accidentरत्ननगर (चितवन), २४ चैत । चितवनको दारेचोक गाविसस्थित मुग्लिनबजार नजिकै माइक्रोबस र एलपी ग्यास बोकेको भारतीय गाडी गएराति ठक्कर खाँदा सात यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । काठमाडौँबाट आउँदै गरेको ना २ ख ४७४० नंको माइक्रो र विपरीत दिशातर्फ जाँदै गरेको एमएल–०१–एल–२७६६ नंको एलपी ग्यास बोकेको भारतीय गाडी एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी घाइते भएकाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया