दुई थान भरूवा बन्दुक बरामद

इनेप्लिज २०७२ चैत १७ गते १५:४७ मा प्रकाशित

इलाम, १७ चैत । इलामको नामसालिङबाट प्रहरीले आज दिउँसो दुई थान भरूवा बन्दुक फेला पारेको छ ।

नामसालिङ–८ स्थित नामसालिङ सामुदायिक वनबाट बेवारिसे अवस्थामा एकनाले दुई थान बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो । भरूवा बन्दुक कसले र किन राखेको भन्ने बारेमा अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया