उर्लाबारी (मोरङ), १७ चैत । मोरङको रमितेखोलामा मङ्गलबार साँझ भिरबाट लडेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
रमितेखोला–९ स्थित शिरिषे पाखाको भिरबाट लडेर सोही गाविसको वडा नम्बर–२ मा बस्ने ४० वर्षीय शुक्र राईको मृत्यु भएको हो । मृतक राईको शवलाई शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा राखिएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
प्रतिक्रिया