ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

इनेप्लिज २०७२ चैत ७ गते २०:२६ मा प्रकाशित

Neaja Dallas6

ड्यालस,अमेरिका,मार्च २० । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी पाचौं अधिवेशनलाई भव्य रुपमा सफल बनाउन शनिबार डालसमा स्थानीय समुदायबीच छलफल आयोजना गरियो ।
डालसको डिएफडब्ल्यू एअरपोर्ट होटलमा आयोजना भएको छलफलमा डालसका स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरुले अधिवेशनको लागि सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् । कार्यक्रममा नेजाका अध्यक्ष गौतम दाहालले आउँदो मे को ७ र ८ तारिखमा लस एन्जलसमा अधिवेशन भव्य रुपमा आयोजना गर्न लागिएको जानकारी दिनुहुँदै त्यसमा डालसक्षेत्रबाट सकृय सहभागिताको अपेक्षा राखिएको उल्लेख गर्नुभयो ।

Neaja Dallas5
उहाँले नेजाको उद्देश्य र यसले नेपाली समाजमा हालसम्म गरिरहेको भूमिकाका बारेमा समेत जानकारी दिनुभएको थियो ।
नेपाल अमेरिका पत्रकार संघ ९नेजा० अमेरिकामा सकृय नेपाली पत्रकारहरुको संस्था हो । हाल झण्डै एकसय पत्रकारहरु आवद्द छन् । हलिउड शहर लस एन्जलसमा हुन लागेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा संघको सदस्यता लिनका लागि नेजाका क्षेत्रीय उपाध्यक्ष विकासराज न्यौपानेले पत्रकारिता गरिरहेका इच्छुकहरुलाई सदस्यता लिन र अधिवेशनमा सहभागिताकोे लागि आव्हान गर्नुभएको थियो ।

Neaja Dallas2
कार्यक्रममा नेजाका सल्लाहकार तारा बरालले नेजा अमेरिकाभरि रहेका नेपाली पत्रकारहरुको संस्था भएकोले यसमा सबैलाई सदस्यता लिएर आफ्नोतर्फबाट सामुदायिक गतिविधिमा समेत कृयाशील रहन आग्रह गर्नुभयो ।
नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले अमेरिकी सरकारबाट आप्रवासीहरुलाई विभिन्न सुविधाहरु प्राप्त हुने तर सही सूचनाको अभावका कारणले धेरैले सुविधाबाट बंचित हुने अवस्था रहेको हुँदा पत्रकारहरुले यसतर्फ समुदायलाई सही सूचना दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेजाकी कोषाध्यक्ष बिटु केसी बरालले आजीवन सदस्यताको प्रकृयाबारे उल्लेख गर्नुहुँदै लिनको लागि अनुरोध गर्नुभएको थियो ।
उक्त अवसरमा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीस सदस्य हरिबोल भण्डारी, जनसम्पर्क समिति डालस च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्की, डालस एभरेष्ट लायन्सका अध्यक्ष केशव लामिछाने, एनआरएन डालस च्याप्टर अध्यक्षका अध्यक्ष उत्तम लाछिाने, नेपाली समाज टेक्सासका निवर्तमान महासचिव विजयराज भट्टराई, समाजका उपाध्यक्ष कमल सापकोटा,महासचिव कमल सत्याल,कोषाध्यक्ष दिवस थापा, पशुपति इन्कका भीम कार्की, स्थानीय समाजसेवी तथा सञ्चारकर्मी शैलेश आचार्य लगायतले सञ्चारकर्मीबाट नेपाली समुदायले राखेका अपेक्षाका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रम नेजाका क्रियाशील सदस्य सुरेश पोखरेलले संचालन गर्नु भएको थियो ्र
कार्यक्रममा नेजा कार्य समिति सदस्य श्रीकृष्ण गौतमसहित कोलोराडो, टेक्सास, ओक्लाहोमा राज्यमा रहेका झण्डै डेढ दर्जन पत्रकारहरु सहभागी थिए । त्यस क्रममा नेजाको भावी नेतृत्व सक्षम र नेपाली समाजमा स्थापित व्यक्तिले गर्नुपर्ने विषयमा स्थानीय सहभागीहरुले धारणा राखेका थिए ।
कार्यक्रमको समापन गर्दै नेजा अध्यक्ष दाहालले सामुदायिक अन्तरकृया सहितको भेला सफल बनाउन सहयोग गर्नुहुने लिटिल नेपालका सुशील क्षेत्री, अमृतबाबु कट्टेल, केदार तिमिल्सिना, पशुपति इन्कका भीम कार्की,व्यवसायी सतिश ओझा र क्षेत्रीय उपाध्यक्ष विकासराज न्यौपानेलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।Nepal America Journalists’ Association (NEAJA), USA

प्रतिक्रिया