दाङ, ७ चैत । दाङका विज्ञान विषयका शिक्षकहरुलाई बढ्दो जलवायु परिवर्तन र यसको प्रभावका विषयमा प्रशिक्षण दिइएको छ ।
‘विज्ञान शिक्षक समाज दाङ’को आयोजना तथा ‘बहुसरोकारवाला वन कार्यक्रम र रुपान्तरण नेपालको आर्थिक सहयोगमा शनिबार मावि तहका विज्ञान शिक्षकलाई जलवायु परिवर्तनलाई अनुकूलन गर्ने विषयमा प्रशिक्षण दिइएको हो ।
मानवीय गतिविधिका कारणले निम्त्याउने जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनमा प्रशिक्षण केन्द्रीत थियो ।
बढ्दो औद्योगिक विकासका कारण उत्सर्जन हुने हरितगृह ग्यासले पृथ्वी तात्तिने क्रम बढेको भन्दै शिक्षकलाई त्यस्ता असर न्यूनीकरण र जलवायु परिवर्तनमा अनुकूलित हुने उपायका बारेमा जानकारी दिइएको थियो ।
सो अवसरमा सरोकारवालाहरुले जलवायु परिवर्तनको प्रभाव देखिन थालेको भन्दै भावी पुस्ता अति जोखिममा रहेको बताएका छन् ।
शिक्षकलाई रुपान्तरण नेपालका केपी यादवले प्रशिक्षण दिनुभएको थियो ।
प्रतिक्रिया