भोजपुरमा २ प्रतिशतभन्दा बढीमा हात्तीपाइले

इनेप्लिज २०७२ फागुन २६ गते २:५० मा प्रकाशित

Hattipaileभोजपुर, २६ फागुन । भोजपुरमा कुल जनसङ्ख्याको २.५ प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ ।

मङ्गलबार हात्तीपाइले रोग निवारणसम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित पत्रकारसँगको अन्तक्र्रियामा यस्तो जानकारी गराएको हो ।

विगत पाँच वर्षयता देशव्यापी रुपमा थालिएको हात्तीपाइले रोग निवारणसम्बन्धी अभियानको छैटौँ चरणमा आइपुग्दासम्म भोजपुरमा अपेक्षितरुपमा नियन्त्रणमा आइनसकेपछि जिल्ला स्वास्थ्यले नियन्त्रण अभियानलाई पुनः यस वर्ष पनि निरन्तरता दिने जनाएको छ ।

अभियान थालिएको पहिलो वर्षमा टक्सार र जरायोटार गाविसको नमुना सङ्कलनबाट कुल जनसङ्ख्याको ४० प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले सङ्क्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले बताउनुभयो ।

नियन्त्रणका लागि यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म ५६७ केन्द्रमा औषधि वितरण गर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसका लागि जिल्लाभरबाट ४३५ स्वास्थ्यकर्मी तथा एक हजार १०३ महिला स्वास्थ्य स्वयम्सेविका खटिने भएका छन् ।

औषधि वितरण र सेवनका क्रममा समस्या आइपरेको खण्डमा इलाकास्तरीय तीन प्राथमिक स्वास्थ्यकेन्द्र र जिल्लाभरका लागि जिल्ला स्वास्थ्य कार्यालयलाई केन्द्र तोकिएको छ ।

प्रतिक्रिया