काठमान्डौ, ९ माघ । आज सिताहरी प्रतिष्ठानले प्याब्सन काठमान्डौसंग मिलेर संयुक्त रूपमा ट्राफिक जनचेतना गराउने उद्देश्यले अन्तर विद्यालय आर्ट प्रतियोगिताको आयोजना गरेकोछ । दुईसय चार विद्यार्थी र ५१ स्कुलले भाग लिएको प्रतियोगितामा दिपेश श्रेष्ठ-नेपाल मोडेल स्कुल प्रथम, सर्बेज्ञ राई-गोल्डेन पिक स्कुल दोस्रो, निहारिका राई-डी.सी.ग्रीनल्याण्ड स्कुल तेस्रो भएका थिए । यसैगरी सान्तोना पुरस्कार सोनाम लिम्बु-जगितमन्दिर, उत्सब लामा रिलायन्स इन्टरनेशनल एकेडेमी, सेंचिन्ग्मा लिम्बु-नेशनल युनाईटेड, सम्बत विक्रम पाण्डे- ज्ञान निकेतन स्कुल, नितेश श्रेष्ठ-हिमरश्मी स्कुल, सोनाम घले-ज्ञानमाला स्कुलले प्राप्त गरेका थिए ।
विजेतालाई प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानको कुलपति रागिनी उपाध्याय, प्याब्सन काठमान्डौका अध्यक्ष थकिन कुमार गुरुङ र सिताहरी प्रतिष्ठानका अध्यक्ष नवीन गौतमले पुरस्कार प्रदान गरेका थिए ।
हरेक वर्ष बारा जिल्ला निजगढको सार्वजनिक स्कुलका जेहेन्दार तथा विपन्न वर्गका एक-एक छात्र-छात्राको लागि छात्रवृत्ति प्रदान गरिरहेको प्रतिष्ठानका अध्यक्ष नवीन गौतमले बताए ।
प्रतिक्रिया