१० लाखको लागतमा बायोग्यास प्लान्ट सञ्चालन

इनेप्लिज २०७२ पुष १२ गते ६:१५ मा प्रकाशित

biogasnepal05a-300x196दाङ, १२ पुस । यहाँ निर्माण भएको बायोग्यास प्लान्ट सञ्चालनमा आएको छ । दाङकोे तुलसीपुर–५ स्थित मासु बधशालामा निर्माण भएको बायोग्यास प्लान्टको सहरी विकास मन्त्रालय फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विष्णुमणि ज्ञवालीले शनिबार एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भयो ।

बायोग्यास प्लान्टको उद्घाटन गर्दै ज्ञवालीले फोहरबाट पनि मोहर बनाउन सकिने भएकाले इन्धन उत्पादनका साथै यस्ता योजनाले वातावरण पनि सफा हुने बताउनुभयो ।

फोहर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र मूलचोक काठमाडौँको रु १० लाख सहयोगमा तुलसीपुर नगरपालिकाको आयोजनामा प्लान्ट निर्माण भएको हो । ३५ धनमिटरको बायोग्यास प्लान्ट निर्माणसँगै त्यहाँका ४१ जना व्यवसायीहरु लाभावित भएका छन् ।

बायोग्यास प्लान्ट निर्माणसँगै पसु बध गरी पातुखोलामा मल फाल्ने कार्य रोकिनुका साथै नगरपालिकालाई प्लान्टबाट आर्थिक लाभ पनि हुने बताइएको छ ।

खानेपानीको मर्मत सुधारका लागि ६० लाख

यहाँको खानेपानीको मर्मत सम्भार तथा मुहान संरक्षणका लागि खानेपानी तथा ढल निकास विभागले रु ६० लाख रकम विनियोजन गरेको छ ।

तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाले विकासका लागि सो रकम विनियोजित गरिएको दाङका खानेपानी संस्थाहरुको अवलोकनका क्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटाले उक्त कुरा बताउनुभयो । उहाँका अनुसार यस वर्ष दाङको तुलसीपुर खानेपानीका साथै देशका अन्य चारवटा उपभोक्ता समितिमा विभागले बजेट विनियोजित गरेको हो ।

चालु आवमा खानेपानीका जीर्ण संरचनाहरु मर्मत सम्भारका लागि रकम प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
देवकोटाले तत्कालका लागि मन्त्रालयमा विभिन्न भौतिक संरचना र कर्मचारी कम भए पनि दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

प्रतिक्रिया