पार्टीको हैन, पर्यटन प्रवर्द्धनको काम गर्नुस्: पर्यटनमन्त्री पोखरेल

इनेप्लिज २०७२ पुष ९ गते १३:३७ मा प्रकाशित

Rss_Images_1450963616748_KK-KTM-Tourist minister-Pokharel-sambodhanकाठमाडौँ, ९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई पार्टीको काम भन्दा पर्यटन प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनद्धारा आज यहाँ आयोजित नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई स्वागत तथा बधाई कार्यक्रममा उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा निःस्वार्थ भावले लाग्न आग्रह गर्नुभएको हो ।

“साहसिक पर्यटनका साथै नेपालमा धार्मिक र सांस्कृतिक पर्यटनको पनि त्यतिकै सम्भावना छ, पर्यटन बचाउने कुरा राष्ट्रियतासँग पनि जोडिएको छ”–उहाँले भन्नु भयो गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन भन्ने कुरा राष्ट्रियतासँग जोडिएको विषय हो ।

आफूले विदेशी मित्र राष्ट्रलाई ऋण र अनुदान नभई १५ दिन नेपाल बस्ने गरी पर्यटक पठाइदिन निरन्तर आग्रह गरिरहेको जानकारी गराउनुभयो ।

मन्त्री पोखरेलले नेपालको आर्थिक र सामाजिक रुपान्तरणका लागि पर्यटन क्षेत्र महत्वपूर्ण भएको भन्दै यसबाट नेपालीको प्रतिव्यक्ति आम्दानीसमेत बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन बोर्डमा सिइओ नियुक्तिले आम पर्यटन क्षेत्रमा खुसी छाएकाले अब आगामी दिनमा अलमल नगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनका अध्यक्ष चन्द्र रिजालले सरकार र निजी क्षेत्रले समग्र पर्यटन क्षेत्रको विकासमा लागि काम गर्नुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया