रगतको अभाव हुन नदिन रक्तदान

इनेप्लिज २०७२ कार्तिक २२ गते ४:०६ मा प्रकाशित

bloodदाङ, २२ कात्तिक । जिल्लामा रगतको अभाव हुन नदिनका लागि हिजो यहाँ आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

तुलसीपुर नगर जेसिजले ‘रक्तदान गरौँ, मानवीय सेवामा जुटौँ भन्ने उद्देश्य लिएर रक्तदान कार्यक्रम आयोजना गरेको जेसिजका अध्यक्ष झरेन्द्र खरेलले बताउनुभयो ।

रक्तदान कार्यक्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पत्रकारसहित जेसिजका युवाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया