सुरुङ्गा (झापा), १९ कात्तिक । झापाको दुहागढी–९ का खतिवडा दम्पतीले स्थानीय भजन मण्डलीलाई रु १० लाख मूल्य बराबरको १० धुर जग्गा प्रदान गर्नुभएको छ ।
प्रगति टोलमा सञ्चालित नीलकण्ठ भजन मण्डलीलाई मन्दिर निर्माणका लागि दीपक–कल्पना खतिवडाले उक्त जग्गा प्रदान गर्नुभएको हो ।
जग्गादाताले कल्पना खतिवडाको नाममा रहेको २२ धुर जग्गामध्ये पुष्पलाल मार्गले छुने ३६ फुट मुख रहेको १० धुर जग्गा बुधबार नै पास गरिदिएको भजन मण्डलीका अध्यक्ष इन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया