दश लाखको लगानीमा सार्वजनिक शौचालय निर्माण

इनेप्लिज २०७२ असोज ३० गते २:५८ मा प्रकाशित

05-public-toilet-300दाङ, ३० असोज । दाङ र कपिलवस्तु जिल्लाको सिमानाअन्तर्गत दाङको गोबरडिहा–१ धानखोला बजारमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

राप्ती उद्योग वाणिज्य सङ्घ भालुवाङको अगुवाइमा करिब रु १० लाखको लगानीमा सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालय निर्माणसँगै प्रयोगमा आए पछि पूर्व पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारीसाधनका यात्रुलाई सहज भएको छ ।

राप्ती उद्योग वाणिज्य सङ्घ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङ, बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपाल, कालीखोला सामुदायिक वन उपभोक्ता समूह धानखोलाको आर्थिक सहयोग तथा वनको काठ सहयोग र स्थानीय श्रमदानसमेत गरी करिब रु १० लाखको लगानीमा शौचालय निर्माण गरिएको जानकारी सङ्घका अध्यक्ष ताराबहादुर डिसीले दिनुभयो ।

प्रतिक्रिया