रत्ननगर अस्पतालमा जर्मनी स्काउटको सहयोग

इनेप्लिज २०७२ असोज २७ गते ९:२५ मा प्रकाशित

news hosptl photo (2)

रत्ननगर २७ असोज ।

पूर्वी चितवनको एक मात्र सरकारी अस्पताल रत्ननगर अस्पतालमा जर्मनीका स्काउट ग्रुपले अस्पतालको भौतिक निर्माणमा सहयोग गरेका छन । ३० जनाका विदेशी टोलीले अस्पतालको भवन रंगरोगन,शौचालय निर्माण र अस्पतालको वार्डमा सरसफाई र कार्पेट हालेका छन । उनीहरुले पानी चुहिने भवनको पुरे भागमा ट्रस हालेर जस्ताले छाउने काम गरेको अस्पताल विकास समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठले बताए । स्काउट ग्रुपका संयोजक जान ओलबरिचको नेतृत्वको टोलीले तीन हस्तादेखि यहाँ रहेर अस्पतालको विकासका लागि काम गरिरहेको उनले बताए ।

स्काउट ग्रुपले अस्पतालमा श्रमदान बाहेक १० लाख रुपैया सहयोग गरेका छन । कविलासको २ वटा विद्यालयको भवन बनाएका छन । ती भवन बनाउन उनीहरुले २० लाख रुपैया र श्रमदान पनि गरेका थिए । जर्मनी पत्रकार फविन भोगटेल,डक्टर पढदै गरेकी निकोला र विभिन्न पेशामा आबद्ध स्काउट समुहले नेपालमा आएर स्वयमसेवकको रुपमा सामाजिक काम गर्न पाउदा खुसी लागेको बताए । उनीहरुलाई शान्ति मेड नेपालकी अध्यक्ष डा.रुथ गोन्सेथले समन्वयकारी भूमिका निर्वाह गरेकी छन ।

विगत १ बर्ष देखि रत्ननगरमा रही डा.रुथले विरामीको उपचारका साथै निशुल्क औषधि समेत उपलब्ध गराउदै आएकी छन । हरेक दुई बर्षमा आउने गरेका स्काउट समुहले दुई बर्ष अघि पिठुवाको गुञ्जमान अस्पतालमा शौचालय,बाथरुम,पार्क निर्माण र विभिन्न प्रकारका भौतिक निर्माण समेत गरिदिएका थिए ।

देवघाटका जेष्ठ नागरिकलाई खाना

देवघाट २७असोज ।

अखिल नेपाल महिला संघ रत्ननगर वडा नं. ८ को आयोजनामा आज देवघाटमा जेष्ठ नागरिकलाई खाना खुवाईएको छ । विजया दशमीको अबसरमा रोटरी करुणालय बृद्धाआश्रमका करिब एक सय जेष्ठ नागरिकलाई खाना खुवाईएको अनेम संघ वडा अध्यक्ष विन्दु खड्काले जानकारी दिईन । जेष्ठ नागरिकलाई खाना खुवाई मञ्जन,ब्रस,साबुन र खाजा समेत वितरण गरिएको थियो । कार्यक्रममा अनेम संघ जिल्ला उपाध्यक्ष विमला दुवाडी,एमाले वडा नं.८ का

अध्यक्ष कमल बहादुर घिमिरे,वडा नागरिक मञ्चकी अध्यक्ष सपना बोहोरा,अनेम संघ नगर सचिव राधा थापा,नगर सदस्य राधा थापा,क्षेत्रीय सदस्य कृष्णकुमारी रेग्मी,वडा उपाध्यक्ष लक्ष्मी रेग्मी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया