शङ्करपुर गाविस खुला दिसामुक्त क्षेत्र

इनेप्लिज २०७२ असोज २४ गते ४:३० मा प्रकाशित

toiletकञ्चनपुर, २४ असोज । कञ्चनपुरको शङ्करपुर गाविसका शतप्रतिशत बासिन्दाको शौचालयमा पहुँच पुगेपछि हिजो एक कार्यक्रममा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

गाविसमा बसोबास गर्दै आएका एक हजार ८२ घरघुरीले शौचालय निर्माण गरी प्रयोगमा ल्याएपछि खुला दिसामुक्त घोषणा गरिएको हो ।

‘एक शौचालय एक घर, स्वच्छ सफा शङ्करपुर’ नारासहित गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको गाविसका सचिव भाष्करदत्त भट्टले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले शौचालयको प्रयोगले वातावरण सफा हुनुका साथै सङ्क्रामक रोगबाट बच्न सकिने बताउनुभयो ।

गाविसलाई खुला दिसामुक्त गराउन सघाउ पु¥याउने महिला स्वयम्सेविका, स्वास्थ्यकर्मी, गैसस प्रतिनिधिलगायत आधादर्जन बढीलाई सम्मानित गरिएको थियो ।

कञ्चनपुरलाई सन् २०१५ भित्र खुला दिसामुक्त घोषणा गर्नका लागि बनाइएको चार वर्षे रणनीतिक योजनालाई सघाउनका लागि यस कार्यले सघाउ पु¥याउने सरसफाइ डिभिजन सवकार्यालय महेन्द्रनगरका शाखा अधिकृत गौराज लिम्बूले बताउनुभयो ।

हालसम्म कञ्चनपुरका दोधारा–चाँदनी नगरपालिका, रैकवार विचवा, रामपुरविलासीपुर, लक्ष्मीपुर, सुडा, शङ्करपुरलाई दिसामुक्त घोषणा गरिएको छ ।

सरसफाइ कार्यक्रम

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा राजनीतिकर्मी, सरकारी कार्यालयका प्रमुख, कर्मचारी, अधिकारकर्मी, व्यापारी, शिक्षक विद्यार्थी, सञ्चारकर्मी, महिला र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

बजार क्षेत्रको मदनचोकबाट सरसफाइ अभियानको सुरुवात गरिएको सङ्घका अध्यक्ष गणेशदत्त जोशीले बताउनुभयो ।

सरसफाइ कार्यक्रममा सहभागीलाई सङ्घले कुचो, पञ्जा र मास्क उपलब्ध गराएको थियो । नगरलाई सफा र स्वच्छ बनाउनका लागि प्रत्येक शनिबार सरसफाइको कार्यलाई निरन्तरता दिने योजना बनाइएको अध्यक्ष जोशीले बताउनु भयो ।

प्रतिक्रिया