टेक्सस बाढीमा १०८ जनाको  ज्यान गयो, १६१ अझै बेपत्ता

इनेप्लिज २०८२ असार २४ गते २१:०६ मा प्रकाशित

टेक्ससका गभर्नर ग्रेग आवोटलो बताएअनुसार केन्द्रिय टेक्सासमा हालैको भिषण बाढीले १०० जनाभन्दा बढीको ज्यान लिएको छ भने अझै कम्तिमा १६१ जना बेपत्ताको खोजी जारी छ। १०८ जनाको ज्यान गै सकेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर आवोटले उदग्रविमान( हेलिकप्टर) मार्फत प्रभावित क्षेत्रको निरीक्षण गरेपछि जानकारी दिएका हुन्। 

उनका अनुसार हराइरहेका धेरैजसो मानिसहरू टेक्ससको पहाडी क्षेत्रमा बसेका थिए ।

तर उनीहरूले कुनै शिविर अतिथीगृहमा औपचारिक दर्ता गरेका थिएनन्, जसले खोजी कार्य थप जटिल बनाएको छ।

टेक्ससमा आएको यो बाढीले धेरै क्षेत्र ध्वस्त बनाएको छ र उद्धार टोली अहोरात्र हराइरहेका मानिसहरूको खोजीमा जुटिरहेका छन्। 

स्थानीय अधिकारीहरूले जनजीवन सामान्य पार्न राहत र पुनःस्थापना कार्यलाई तीव्रता दिइरहेका छन्।

प्रतिक्रिया