अमेरिकाको एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै हस्ताक्षर गरेको विशाल सुन्दर विधयेक नामक ऐनअन्तर्गत प्लान्ड प्यारेन्टहुड संस्थाको मेडिकेड फन्ड अर्थात् गरिव वा काम आम्दानी भएकाहरुका लागि निःशुल्क स्वास्थ्य सेवारोक्ने योजना रोक्न आदेश दिएका छन्।
भारतीय मूलकी न्यायाधीश इन्दिरा टालवानीले १४ दिनको अस्थायी आदेश दिँदै स्वास्थ्य बिभागलाई प्लान्ड प्यारेन्टहुडलाई फन्ड (कोष)जारी राख्न निर्देशन दिएकी छन्। यो निर्णय प्लान्ड प्यारेन्टहुडको उजुरीपछि आएको हो।
यो कानूनले गर्भपतन सेवा दिने संस्थाहरूलाई वित्तीय सहयोग दिन नपाइने व्यवस्था गरेको छ। प्लान्ड प्यारेन्टहुडको नाम नलिए पनि, संस्था भन्छ: “यो नियम हामीलाई नै लक्षित गरी बनाइएको हो।”
अमेरिकामा पहिले नै सरकारको कोष (फन्ड)ले गर्भपतनको खर्च धान्न पाइँदैन, तर प्लान्ड प्यारेन्टहुड भन्छ: “यो नयाँ नियमले अबुर्द (क्यान्सर )जाँच, यौन रोग परीक्षण जस्ता सेवामा असर गर्छ, जसका लागि लाखौं महिलाले हाम्रो सेवा लिने गर्छन्।”
प्लान्ड प्यारेन्टहुडका अनुसार उनीहरूको ५०% भन्दा बढी बिरामी गरिव या कम आम्दानी भएकाहरुलाई दिइने स्वास्थ्य बिमा मेडिकेडमा निर्भर छन्। कोष कटौतीले कर्मचारी हटाउन, सेवा घटाउन, र केन्द्रहरू बन्द गर्न बाध्य बनाउने छ।
ट्रम्प प्रशासनले भनेको छ, “हामी करदाताको पैसा गर्भपतनजस्ता वैकल्पिक कुरामा खर्च हुन नदिने निर्णयमा दृढ छौं।
प्रतिक्रिया