अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। उनले भने, “मानिस मरेको देख्न मलाई घृणा लाग्छ।” उनले यो द्वन्द्वमा ज्यान गुमाउने मानिसहरू अमेरिकी नभए पनि फरक नपर्ने बताए।
रुस र युक्रेनबीच भइरहेको घटना “भयानक” रहेको र उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “खुसी छैनन्” भन्दै ट्रम्पले पुटिनसँग आफू पटक्कै खुसी नभएको दोहोर्याए। उनले हरेक हप्ता हजारौं रुसी र युक्रेनीहरूले ज्यान गुमाइरहेको बताए। ट्रम्पले भने, “म युद्धहरू रोक्दैछु र मानिस मरेको देख्न मलाई घृणा लाग्छ।”
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् । उनलाई मनोनयन पत्रको एक प्रति पनि दिएका छन्। नेतन्याहूले ट्रम्पलाई यो सम्मान “पूर्ण रूपमा योग्य” रहेको बताए। ट्रम्पले लामो समयदेखि आफूलाई शान्तिदूत भन्दै आएका छन् र नोबेल पुरस्कारको लागि आफ्नो चाहना स्पष्ट पारेका थिए।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो मनोनयन उनका लागि नयाँ खबर भएको बताए। उनले इजरायली नेतालाई भने, “तपाईबाट आउनु यो धेरै अर्थपूर्ण छ।”
ट्रम्पले शुक्रबार बाढीले तहसनहस पारेको टेक्ससको भ्रमण गर्ने पुष्टि गरेका छन्। उनले प्रशासनले टेक्ससलाई सहयोग गर्न र “सकेसम्म सहज बनाउन” प्रयास गरिरहेको बताए। उनले टेक्ससलाई “ठूलो आश्चर्य” को रूपमा आएको कुराले “धेरै नराम्ररी चोट पुर्याएको” बताए।
ट्रम्पले आयोजना गरेको रात्री भोज अगाडी उनले पत्रकारहरुको जिज्ञासा पनि लिए । यस अघि उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ह्वाइट हाउसमा स्वागत गरे ।
ट्रम्पले इरानी परमाणु स्थलहरूमा अमेरिकी बम आक्रमणपछि भएको अनुरोधलाई स्वीकार गरेको बताएका छन्। हामीले इरानसँग वार्ता तय गरेका छौं । ट्रम्पले पत्रकारहरूसँग भने,उनीहरू वार्ता गर्न चाहन्छन्।
ट्रम्पसँगै बसेका उनका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकोफले बैठक चाँडै हुने जानकारी दिए । उनले सम्भवतः एक हप्ताभित्र हुने बताए ।
प्रतिक्रिया