अष्ट्रेलियाली एक महिलालाई आफ्नै पतिका तीन आफन्तलाई विषालु च्याउ खुवाई हत्या गरेकोमा दोषी ठहर

इनेप्लिज २०८२ असार २३ गते १०:४९ मा प्रकाशित

अष्ट्रेलियाली एक महिलालाई आफ्नै पतिका तीन आफन्तलाई विषालु च्याउ खुवाई हत्या गरेकोमा दोषी ठहर गरिएको छ ।

अष्ट्रेलियाकी इरिन प्याटरसनलाई आफ्ना श्रीमानका तीन आफन्तलाई विषालु च्याउ खुवाएर हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

भिक्टोरिया राज्यको सर्वोच्च अदालतमा ६ दिनको विचारबिमर्श पछि ९ हप्ता लामो अदालती बहसपछि सोमबार फैसला सुनाइएको हो। प्याटरसनलाई आजीवन कैदको सजाय हुनसक्ने छ यद्यपि सजायको मिति तोकिएको छैन।

एबिसीसमाचारका नुसार सन् २०२३ मा प्याटरसनले ग्वेलिङ्टन पास्ट्रीमा ‘डेथ क्याप’ नामक विषालु च्याउ हालेर आफ्ना सासु-ससुरा डन र गेल प्याटरसन र गेलकी दिदी हेदर विल्किन्सनलाई खुवाएकी थिइन्। ती तीनै जनाको अस्पतालमा मृत्यु भयो। चौथो पाहुना, हेदरका श्रीमान इयान विल्किन्सन भने जिवित बचे।

इरिनले च्याउ आफैंले खुवाएकी थिइन् भन्नेमा कुनै विवाद थिएन, तर उनले जानाजानी हत्या गरिन् कि दुर्घटनावश भयो भन्नेबारे नै मुद्दा केन्द्रित थियो।

निर्णायक मण्डल(*जुरी)ले एकमतले उनलाई दोषी ठहर गरे । जसले उनीद्वारा दिइएको ‘दुर्घटनाको कथा’लाई अस्विकार गर्‍यो। अभियोजन पक्षले इरिनको आफ्ना सासु-ससुरासँगको विग्रिएको सम्बन्ध, र पूर्व-श्रीमानसँगको तनावलाई जोड दिँदै हत्या योजनाबद्ध भएको दाबी गर्‍यो।

इरिनले आफ्ना बच्चाहरूलाई चलचित्र हेर्न पठाएर पाहुनालाई मात्र बिषालु खाना खुवाएकी थिइन्। घटनापछि उनले खाना सुखाउने यन्त्र फालेको र झुट बोलेको समेत स्वीकारेकी छन्।

यो ” च्याउ हत्या प्रकरण” ले अष्ट्रेलिया भरि जनताको ध्यान तानेको थियो, जसमा ५० भन्दा बढी साक्षीहरू बोलाइएका थिए।

प्रतिक्रिया