ट्रम्प प्रशासनद्वारा आठ आप्रवासीलाई दक्षिण सुडान निष्कासन

इनेप्लिज २०८२ असार २१ गते १८:११ मा प्रकाशित

ट्रम्प प्रशासनले आठ आप्रवासीलाई दक्षिण सुडान निष्कासन गरेको पुष्टि अमेरिकी गृह सुरक्षा विभागका एक अधिकारीले गरेका छन्। 

यी आप्रवासीहरूलाई पहिले अमेरिकी सैन्य अड्डा रहेको जिबुटीमा पठाइएको छ । अदालतको आदेशका कारण देश निकाला प्रक्रिया रोकिएको थियो।

डिएच सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले एविसिसँग भने, “जिल्ला अदालतले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र वैदेशिक नीति निर्धारण गर्न सक्दैन।” उनले थपे, “यस स्वतन्त्रता दिवसमा अमेरिकी जनताको सुरक्षामा फेरि एउटा विजय प्राप्त भएको छ।”

शुक्रवार राति पूर्वी अमेरिकी समयअनुसार मध्यरातअघि उक्त विमान दक्षिण सुडान अवतरण भएको थियो।

यी आठ आप्रवासीहरू विरुद्ध गम्भीर आपराधिक अभियोगहरू रहेको डिएचएसले बताएको छ। उनीहरूलाई देश निकाला  गर्ने सरकारी प्रयासलाई पहिले अदालतले रोक लगाएर उनीहरूलाई अफ्रिकाको जिबुटीस्थित अमेरिकी सैन्य अड्डामा राख्न आदेश दिएको थियो।

तर अदालतमा पेश गरिएका कागजातहरू अनुसार जिबुटीको उक्त सैन्य अड्डामा रहेका परिस्थितिहरू आप्रवासीहरू र तिनीहरूलाई निगरानीमा राख्ने आइसिइ अधिकारीहरू दुवैका लागि कष्टकर थिए।

प्रतिक्रिया