अमेरिकाको टेक्सस राज्यको केर काउन्टीमा आएको भीषण बाढीबाट मृत्यु हुनेको सख्या कम्तीमा १३ जना पुगेको अधिकारीहरूले जनाएका छन्। काउन्टीका शेरिफ लेरी एल. लाइथा अनुसार मृत्यु संख्या अझ बढ्न सक्नेछ।
यसैबीच, कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले केर काउन्टीस्थित “क्याम्प मिस्टिक” नामक बालिका शिविरमा २० भन्दा बढी बालिकाहरू सम्पर्कविहीन रहेको बताएका छन्।
दक्षिण-मध्य टेक्सासमा बिहीबार साँझदेखि अहिलेसम्म ४ देखि ८ इन्चसम्म वर्षा भएको छ ।
केही क्षेत्रमा १५ इन्चसम्मको भारी वर्षा मापन गरिएको छ। यसले गर्दा धेरै स्थानहरूमा आकस्मिक बाढीको घोषणा गरिएको छ ।
अझै पनि मौसम सुधार हुने सम्भावना नभएको सिएनएनले जनाएको छ । उस्तै ठाउँहरूमा मुसलधारे वर्षा भइरहेकाले साँझसम्म थप भारी वर्षा र बाढीको जोखिम उच्च रहेको जनाइएको छ।
सुरक्षा अधिकारीहरू, उद्धारकर्मीहरू, र स्थानीय प्रशासन सक्रिय रूपमा बाढीपीडितहरूको उद्धार र खोजी कार्यमा खटिएका छन्। स्थानीय जनतालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
प्रतिक्रिया