स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति ट्रम्पको कडा टिप्पणी: ‘डेमोक्रेटहरूलाई घृणा गर्छु!’

इनेप्लिज २०८२ असार २० गते १:०७ मा प्रकाशित

अमेरिकाको स्वतन्त्रता दिवस मनाउने गैर-राजनीतिक कार्यक्रममा बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटहरूलाई “घृणा गर्छु” भनेर खुलेर भने।

कांग्रेसका हरेक डेमोक्रेटले “विशाल ,सुन्दर विधेयक” को विपक्षमा मतदान गरेका थिए। धेरैले मेडिकेड(गरिवको लागि स्वास्थ्य बिमा)मा ल्याउने अपेक्षित कटौतीको कडा आलोचना गरेका थिए।

“उनीहरूले मलाई घृणा गर्ने भएर मतदान गरेनन्,” ट्रम्पले भने, “तर म पनि उनीहरूलाई घृणा गर्छु, साँच्चै गर्छु। म उनीहरूलाई सहन सक्दिन, किनकि मलाई लाग्छ उनीहरूले हाम्रो देशलाई पनि घृणा गर्छन्।”

उक्त विधेयकमा मेडिकेड (स्वास्थ्य कार्यक्रम) मा कटौती हुने अनुमान थियो, जसका कारण डेमोक्र्याटहरूले तीव्र आलोचना गरेका थिए। विधेयकमा एक जना डेमोक्र्याट सांसदले पनि समर्थन गरेका थिएनन्।

ट्रम्पले यस विरोधलाई आगामी मध्यावधि निर्वाचनमा मुद्दा बनाउने योजना सुनाए। “हामीले कर घटायौं, सेनालाई बलियो बनायौं — तर डेमोक्र्याटहरूले एकपटक पनि समर्थन गरेनन्,” उनले भने। “अब आउँदो चुनावमा हामी यसैलाई मुद्दा बनाउँछौं र उनीहरूलाई हराउँछौं।”

प्रतिक्रिया