लिभरपुलका प्रसिद्ध भकुण्डो खेलाडी डिओगो जोटाको गाडी दुर्घटनामा मृत्यु

इनेप्लिज २०८२ असार १९ गते १४:२४ मा प्रकाशित

स्पेनमा भएको एक दुखद सवारी साधन (कार) दुर्घटनामा लिभरपुलका भकुण्डो (सकर)खेलाडी डिओगो जोटाको निधन भएको छ। प्रहरीका अनुसार २८ वर्षीय जोटा र उनका २५ वर्षीय भाइ आन्द्रे सिल्भा, जो पनि एक व्यावसायिक भकुण्डो खेलाडी थिए । एनबिसीन्यूजका अनुसार दुवैको दुर्घटनामा ज्यान गएको हो।

क्लब लिभरपुलले एक विज्ञप्ति जारी गर्दै जोटाको दुखद निधनले आफूहरू “स्तब्ध” भएको बताएको छ। स्पेनको ‘गार्डिया सिभिल’ (प्रहरी) ले जनाएअनुसार, बुधबार राति १२:३० बजे जामोरा क्षेत्रमा उनीहरूको गाडी दुर्घटनामा परेको थियो।

विशेषज्ञहरूको निष्कर्ष नआएसम्म, सम्भवत अर्को गाडीलाई जित्ने गर्ने क्रममा पाङ्ग्रा फुट्दा गाडी सडकबाट बाहिरिएको हो। दुर्घटनापछि कारमा आगो लागेको र कारमा सवार दुवै जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।

पोर्चुगिज राष्ट्रिय टोलीले जोटालाई एक्समा श्रद्धाञ्जली दिएको छ। उनीहरूले भनेका छन्, “करिब ५० वटा अन्तर्राष्ट्रिय खेल खेलेका एक असाधारण खेलाडी मात्र नभई, डिओगो जोटा एक असाधारण व्यक्ति थिए, सबै सहकर्मी र विपक्षीहरूले उनलाई सम्मान गर्थे। उनी आफ्नो समुदायमा एक प्रेरणाको स्रोत थिए।”

राष्ट्रिय टोलीका सहकर्मी क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, “भर्खरै हामी राष्ट्रिय टोलीमा सँगै थियौं, भर्खरै तिम्रो बिहे भएको थियो।” जोटाले १० दिनअघि मात्रै आफ्नी लामो समय देखिकी प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए। उनीहरूका तीन सन्तान छन्।

सामाजिक सञ्जाल लिभरपुलका प्रशंसकहरूको श्रद्धाञ्जलीले भरिएको छ, जसले उनकी श्रीमती र बच्चाहरूलाई सहयोगको लागि प्रार्थना गरेका छन्।

सन् १९९६ मा डिएगो होजे टेइक्सेरा द सिल्भा नामले जन्मिएका किशोर एक प्रतिभाशाली खेलाडी थिए। उनले लिभरपुलका लागि कुल १८२ खेल खेले र ६५ गोल गरे। उनी २०२४-२५ को प्रतियोगिता (च्याम्पियनसिप) जित्ने टोलीका एक महत्त्वपूर्ण सदस्य बनेका थिए। उनले पोर्चुगिज राष्ट्रिय टोलीका लागि पनि ४९ खेल खेलेका थिए।

पोर्चुगिज राष्ट्रिय टोलीको विज्ञप्तिमा भनिएको छ, “हामीले दुई विजेता गुमाएका छौं। डिओगो र आन्द्रे सिल्भाको निधन पोर्चुगिज भकुण्डोका लागि अपूरणीय क्षति हो, र हामी उनीहरूको विरासतलाई हरेक दिन सम्मान गर्न हरसम्भव प्रयास गर्नेछौं।”

प्रतिक्रिया