अमेरिकी संसद (हाउस अफ रिप्रिजेन्टेटिभ्स) अहिले एउटा महत्त्वपूर्ण विधेयकका कारण अड्किएको छ। रिपब्लिकन दलका सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको बिशाल खर्च र नीतिको विधेयकलाई अगाडि बढाउनका लागि आवश्यक प्रारम्भिक मत त पाइसकेका छन्, तर पनि उनीहरूले अन्तिम अन्तिम मतका लागि थप समर्थन जुटाउन पर्खिरहेका छन्।
यो विधेयकलाई बिशाल सुन्दर बिधेयक अर्थात् ‘वन बिग ब्युटिफुल बिल’ भनिएको छ, जसमा कर कटौती, प्रतिरक्षा खर्चमा वृद्धि, आप्रवासनसम्बन्धी कडा नियमहरू, र सामाजिक सुरक्षा कार्यक्रमहरूमा कटौती जस्ता कुराहरू समावेश छन्।
यो प्रारम्भिक मत दुई घण्टाभन्दा बढी समय देखि खुला राखिएको छ, जसले गर्दा संसदको काम पूरै रोकिएको छ। रिपब्लिकन नेताहरू यस विधेयकलाई पारित गराउनका लागि सांसदहरूसँग गोप्य रूपमा कुराकानी गरिरहेका छन्।
संसदका सभामुख माइक जोनसनले यो विधेयक पारित गर्न आग्रह गर्दै लगातार वक्तव्यहरू जारी गरिरहेका छन्।
यो विधेयकले ट्रम्पको २०१७ को कर कटौतीलाई स्थायी बनाउनेछ र नयाँ कर सुविधाहरू पनि थप्नेछ। यसमा सीमा सुरक्षा र देश निकालाका लागि ठूलो रकम छुट्याइएको छ, साथै मेडिकेड (गरिबका लागि स्वास्थ्य सेवा) र खाद्य सहायता कार्यक्रमहरूमा कटौती गर्ने प्रस्ताव पनि छ।
यसको विरोधमा कतिपयले गरिब र वृद्धवृद्धालाई असर पर्ने चिन्ता व्यक्त गरेका छन्। यो विधेयक पारित भएमा अमेरिकाको राष्ट्रिय ऋणमा ठूलो वृद्धि हुने अनुमान पनि गरिएको छ।
प्रतिक्रिया