अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल गाजामा ६० दिनको युद्धविराममा सहमत भएको घोषणा गर्दै हमासलाई यो प्रस्ताव स्वीकार्न चेतावनी दिएका छन । “अब भन्दा राम्रो प्रस्ताव आउँदैन — अवस्था झन् बिग्रन्छ।” उनले भने ।
सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूसँगको भेट अघि ट्रम्पले यो कदम सार्वजनिक गरेका हुन्। उनी इजरायल र हमास दुवैलाई युद्धविराम र बन्धक सम्झौतामा ल्याउन दबाब दिइरहेका छन्।
“मेरो प्रतिनिधिमण्डलले इजरायली अधिकारीहरूसँग गाजाका विषयमा फलदायी छलफल गर्यो,” ट्रम्पले भने, “६० दिनको युद्धविरामका लागि आवश्यक सर्तमा इजरायल सहमत भएको छ। अब हामी सबै पक्षसँग मिलेर युद्ध अन्त्य गर्न काम गर्नेछौं।”
यसैबीच,इजरायली रणनीतिक मामिलाका मन्त्री रोन डेरमर वासिङ्टनमा अमेरिकी अधिकारीहरूसँग गाजा युद्धविराम, इरान लगायतका मुद्दामा छलफल गर्न पुगेका छन्।
प्रतिक्रिया