अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निकै महत्त्वपूर्ण विधेयकमाथि रातभरि छलफल र मतदान भइरहेको छ। स्मरण रहोस ,यो विधेयक अमेरिकाको घरेलु नीतिका लागि बनाइएको हो र यसले धेरै ठूला परिवर्तनहरू ल्याउनेछ।
यो हप्ताको सुरुदेखि नै सांसदहरू यस विधेयकमा परिवर्तन (संशोधन) गर्न व्यस्त छन्। यसलाई “भोट-ए-रामा” भनिन्छ। अर्थात् धेरै संशोधनमा लगातार हुने लामो मतदान प्रक्रिया प्रक्रिया जारी छ । यसमा सिनेटसदस्यहरूले एकपछि अर्को गरी धेरै प्रस्तावहरूमा मत हाल्छन्। यो प्रक्रिया सोमबार बिहानदेखि सुरु भएर मंगलबार बिहानसम्म चलिरहेको छ।
सर्वसाधारणले जान्नु पर्ने कुरा : के छ यो विधेयकमा?
सिएनएनले विश्लेषण गरे अनुसार ट्रम्पको यो “बिशाल सुन्दर विधेयक” ले धेरै कुरा बदल्नेछ। यसले संघीय करहरू घटाउनेछ, जसको अर्थ मानिसहरूले कम कर तिर्नुपर्ने हुन सक्छ। पेन्टागन र सीमा सुरक्षा गुप्तचरहरूलाई धेरै पैसा दिइनेछ। तर, यसको सट्टा, गरिब र असहायहरूलाई सहयोग गर्ने “मेडिकेड” जस्ता ।सरकारी कार्यक्रमहरूको बजेट घटाइनेछ। मेडिकेड के हो ? मेडिकेड़ भनेको गरिब तथा कम आय भएका व्यक्तिहरूका लागि स्वास्थ्य उपचार कार्यक्रम हो ।
सोमबार देखि अहिले बिहान सम्म के-के परिवर्तन भए?
केही रिपब्लिकन सिनेटरहरूले यस विधेयकमा महत्त्वपूर्ण परिवर्तनहरू प्रस्ताव गरेका छन् जुन पारित पनि भएका छन्:
आयमा आधारित बेराजगार भत्तामा रोक लगाईएको छ । आयोवाकी सिनेटर जोनी अर्न्स्टले एउटा नियम ल्याएकी छिन् जसमा १० लाख डलर वा सोभन्दा बढी कमाउने व्यक्तिहरूलाई संघीय सरकारबाट बेराजगार भत्ता दिन रोक लगाइनेछ। यो पारित भएको छ।
कृतिम बुद्धिमत्ता (एआई) नियममा राज्यहरूको अधिकार बारेमा टेनेसीकी सिनेटर मार्शा ब्ल्याकबर्नले एउटा प्रस्ताव पारित गराएकी छिन् जसले राज्य र स्थानीय सरकारहरूलाई कृतिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आफ्नै नियम बनाउन सक्ने अधिकार दिन्छ। पहिले विधेयकमा १० वर्षसम्म यस्तो नियम बनाउन रोक्ने कुरा थियो।
लुइसियानाका लुजियानाकी सिनेटर जोन केनेडीले मेडिकेड कार्यक्रमका लागि मानिसहरूको योग्यता जाँच गर्ने समय एक वर्ष अगाडि सार्ने प्रस्ताव पारित पास गराएका छन्।
अब के हुन्छ ?
राष्ट्रपति ट्रम्पले जुलाई ४ को छुट्टीसम्ममा यो विधेयक आफ्नो टेबुलमा आओस् भन्ने चाहेका छन्। तर, सिनेटबाट पारित भएपछि पनि यो विधेयक फेरि तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) मा जानुपर्छ। सिनेटका बहुमत नेता जोन थुनले बिहान साढे ४ बजे पत्रकारहरूसँग कुरा गर्दै “हामी नजिक छौं” भनेका छन्, अर्थात् उनीहरू पारित गर्न नजिक पुगेका छन्। तर, अझै कति संशोधनमा मतदान भोट छ र कहिले अन्तिम मतदान हुन्छ त्यो अझै स्पष्ट नभएको सिएनएनले जनाएको छ ।
सिनेटरहरुले यस्तो गतिबिधी गर्दै रात बिताए :
रातभरि चलेको यो मतदान सत्रमा सिनेटर सदस्यहरूले विभिन्न तरिकाले समय बिताए। सिएनएनका अनुसार कोही किताब पढिरहेका थिए, कोही गफ गरिरहेका थिए, र कोही चिसोबाट बच्न ओढ्ने ओढेर बसेका थिए। सिनेटर लिसा मुर्कोव्स्की ठूलो कम्बल नै लिएर आएकी थिइन् ।
केही रिपब्लिकन सांसदहरू राष्ट्रपति ट्रम्पले इलन मस्कबारे सामाजिक सञ्जालमा गरेको प्रकाशनबारे कुरा गरिरहेका थिए। सिनेटर माइक लीले त आफ्ना केही साथीहरूका लागि राष्ट्रपतिको नक्कल पनि गरेका थिए । सिनेटर जोन कोर्निन मतदान बीचमा आफ्नो सिटमै बसेर किन्डलमा किताब पढिरहेका थिए। सिनेटर सिन्डी हाइड-स्मिथ उपकरणमा तास खेलिरहेको देखियो।
अमेरिकी सिनेटमा एउटा महत्त्वपूर्ण विधेयकलाई पारित गराउन सिनेटरहरू रातभरि खटिरहेका छन् । यसले अमेरिकी जनताको जीवनमा ठूलो प्रभाव पार्नेछ।
प्रतिक्रिया