बिश्वकै सर्वाधिक धनाढ्य उद्यमी तथा व्यक्ति इलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको विशाल सुन्दर बिधेयक अर्थात् “बिग, ब्यूटीफुल बिल”को पक्षमा मतदान गर्ने कांग्रेसका सदस्यलाई गम्भीर चेतावनी दिएका छन्।
“सरकारको खर्च घटाउने भनी चुनाव लडेका र पछि इतिहासको सबैभन्दा ठूलो ऋण वृद्धि सँगै मतदान गर्ने हरेक कांग्रेस सदस्यले लाज मान्नु पर्छ । र ,यदि मैले यो पृथ्वीमा मेरो जीवनको अन्तिम काम हो भने म तिनीहरूलाई अर्को वर्षको प्राथमिक निर्वाचनमा हराउनेछु,” आक्रोश हुदै उनले लेखे।
मस्कले केही हप्तासम्म ट्रम्पको नीति बिधेयकको विरोध गरेका छन् । र ,यस महिनाको सुरुमा ट्रम्पसँग एकदमै सार्वजनिक र कडा झगड़ा गरेका थिए। उनले केही हप्ता पहिले नयाँ राजनीतिक दल (पार्टी )सुरु गर्ने प्रस्ताव गरेका थिए।
सोमबार मस्कले यस बिधेयकको विरोध गर्दै भनें, “यो बिधेयकको पागल खर्च, जसले ऋण सीमा पाँच ट्रिलियन डलरले बढाउँछ, हामी एक दलको देशमा बस्छौं – ‘पर्की पिग पार्टी’। अब नयाँ दलकोको स्थापना गर्ने समय आएको चेतावनी समेत दिएका छन् ।
मस्कले यहाँ “पर्की पिग पार्टी” भन्ने शब्द प्रयोग गर्दै अमेरिकी राजनीतिक प्रणालीमा व्यंग्य गरेका छन् । यो दललाई अराजक र असक्षमको आरोप लगाउदै उनी यसलाई राम्रोसँग व्यवस्थित गर्न चाहन्छन् ,उनको आशय यो हो ।
मस्कको नयाँ दल (पार्टी)को प्रस्ताव र कांग्रेसका सदस्यहरूका बिरुद्ध प्राथमिक अभियानका लागि समर्थन भनेको उनका सबैभन्दा ठूला राजनीतिक धम्कीमध्ये एक हो।
२०२४ को निर्वाचनमा मस्कले ट्रम्प र अन्य रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न २७५ मिलियन डलरभन्दा बढी खर्च गरेका थिए।
प्रतिक्रिया