“इरानले यूरेनियम लुकाएको छैन ” — राष्ट्रपति ट्रम्पको दावी

इनेप्लिज २०८२ असार १५ गते ११:१८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी आक्रमण हुनु अघि इरानले आफ्ना संवर्धित यूरेनियम लुकाएको विश्वास नगरेको फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा बताए।

“म सोच्दिन कि उनीहरूले (इरानले) युरेनियम लुकाए। होइन, पहिलो कुरा, यो काम गर्न निकै गाह्रो हुन्छ। यो काम धेरै खतरनाक पनि हुन्छ, किनभने यो (यूरेनियम) धेरै भारी हुन्छ । त्यसैले लुकाउन सम्भव छैन,” ट्रम्पले स्पष्ट पारे।

“अर्को कुरा, हामीले खासै सूचना दिएका थिएनौं। उनीहरूलाई हाम्रो आक्रमणबारे अन्तिम समयमा मात्र थाहा भयो। र ,कोही पनि सोच्दैनथे कि हामी त्यो स्थानमै आक्रमण गर्छौं, किनभने सबैले भनेका थिए त्यो ठाउँ छेड्न नसकिने नसकिने’ हो।”

ट्रम्पले थपे, “उनीहरू आफैँ बाँच्न भागिरहेका थिए, केही सामग्री सारिएको थिएन।” अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको समयमा ट्रम्पको यो प्रतिक्रिया आएको हो । अमेरिका इरानको आणविक गतिविधिबारे निगरानीमा रहेको छ।

प्रतिक्रिया