लुजियानाको न्यु अर्लिन्स झ्यालखानाबाट फरार १० मध्ये ९ पक्राउ: अन्तिम भगौडा अझै फरार

इनेप्लिज २०८२ असार १३ गते २२:४५ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यको न्यु अर्लिन्स झ्यालखानाबाट मे १६ मा मध्यरातपछि फरार भएका १० कैदीमध्ये ९ औं कैदी अन्त्वान म्यासी पक्राउ परेका छन्। अर्लिन्स पेरिश शेरिफ कार्यालयका अनुसार म्यासीलाई शुक्रबार न्यू अर्लिन्सको हलीग्रोभ क्षेत्रमा एक भाडाको घरबाट नियन्त्रणमा लिइएको हो।

३३ वर्षीय म्यासीलाई बिना कुनै संघर्ष बिना पक्राउ गरिएको अमेरिकी मार्शल मार्शल सेवाले जनाएको छ। उनको पटक–पटक कारागारबाट भाग्ने गरेको इतिहास रहेको छ। सन् २००७ मा समेत उनले सशस्त्र डकैती आरोपमा पक्राउ परेपछि किशोर सुधारगृहबाट भागेका थिए ।

कारागारबाट भाग्न उनीहरूले टुटेका साचो ,चोरेको ओछ्यान, बिधुतिय कपाल काट्ने यन्त्रको प्रयोग गरेर पर्खाल फोरेका थिए।

पक्राउ परेका म्यासीमाथि सवारी चोर्ने र घरेलु हिंसामा घाँटी थिच्ने अभियोग लागेको छ। म्यासीले केही समय अघि एक श्रब्यदृश्य (भिडियो)मा आफू निर्दोष भएको दाबी गर्दै कलाकार र्‍यापर लिल वेनसँग सहयोग मागेका थिए।

उनले आफ्नी पूर्वप्रेमिका डायमन्ड ह्वाइटले घरेलु हिंसाको आरोप फिर्ता लिएको कागजात देखाएका थिए।

ह्वाइटलाई म्यासीलाई भाग्न सहयोग गरेको आरोपमा मे २६ मा पक्राउ गरिएको थियो। अझै फरार रहेका अन्तिम कैदी डेरीक ग्रोभ्सले सन् २०१८ मा दुई जनाको हत्या गरेको अभियोगमा दोषी ठहर भई कारागारमा थिए।

प्रतिक्रिया