इरानी आणविक कार्यक्रममाथि अमेरिकी-इजरायली दबाब: क्षतिको दाबीसहित युरेनियम हस्तान्तरणको माग

इनेप्लिज २०८२ असार १२ गते २३:४५ मा प्रकाशित

इजरायली रक्षामन्त्रीले संयुक्त राज्य अमेरिका र इजरायलले इरानलाई आफ्नो समृद्ध युरेनियम हस्तान्तरण गर्न भनेको बताएका छन्।

इजरायलको संचार माध्यम (च्यानल १३) सँगको अन्तर्वार्तामा इजरायलका काट्जले सप्ताहान्तमा इरानी आणविक प्रतिष्ठानहरूमा भएका अमेरिकी आक्रमणहरूबारे छलफल गरे।

“सुरु देखि नै यो स्पष्ट थियो,आक्रमणले वरपरको पूर्वाधारलाई निष्क्रिय पार्नेछ ,यसले (आणविक) सामग्री आफैंलाई हटाउने छैन। अब इरानलाई ‘तपाईहरुले यो सामग्री हस्तान्तरण गर्नुपर्छ’ भन्दै संयुक्त अमेरिकी-इजरायली अडान आएको छ,” काट्जले बिहीबार प्रसारित अन्तर्वार्तामा भने।

इजरायलको इरानमा हालैका आक्रमणहरूको उद्देश्य “क्षमताहरूलाई निष्क्रिय पार्नु” थियो, काट्जले भने।

उनले अगाडी भने “आज, तिनीहरू(इरान)सँग आणविक बम उत्पादन गर्ने कुनै तरिका छैन, किनकि हामीले युरेनियमलाई ठोस रूपमा परिवर्तन गर्ने रूपान्तरण सुविधा पनि नष्ट गरेका छौं,”

प्रतिक्रिया