न्याय विभागद्वारा मानव बेचबिखन मुद्दामा कडा कदम: किल्मर गार्सीयामाथि टेनेसीमा संघीय आरोप लाग्ने

इनेप्लिज २०८२ असार १२ गते २२:०० मा प्रकाशित

न्याय विभागले बिहीबार किल्मर एब्रेगो गार्सीयामाथि उनको मूल देश एल साल्भाडोर बाहेक अन्य देशमा देश निकाला गर्नु अघि टेनेसीमा संघीय बेचबिखनको आरोपमा मुद्दा चलाउने आफ्नो मनसाय व्यक्त गरेको छ।

न्याय विभागका प्रवक्ता चाड गिलमार्टिनले एसोसिएटेड प्रेसलाई भने , “यो प्रतिवादीमाथि बालबालिकाको बेचबिखन लगायतका डरलाग्दो अपराधको आरोप लागेको छ, र उनी हाम्रो देशमा फेरि कहिल्यै स्वतन्त्र हिँड्ने छैनन्।”

गिलमार्टिनले संघीय अभियोजकले मेरील्याण्डका संघीय न्यायाधीशलाई अमेरिकी सरकारले एब्रेगो गार्सीयालाई एल साल्भाडोर बाहेक “तेस्रो देश” मा देशनिकाला गर्ने योजना बनाएको बताएको केही घण्टापछि उक्त बयान दिएका हुन्। तर, न्याय विभागका अधिवक्ता जोनाथन गुइनले देशनिकालाको योजनाको लागि कुनै समयसीमा नभएको बताए।

गुइनले गार्सीयाका अधिवक्ताहरू र ग्रीनबेल्ट, मेरील्याण्डका अमेरिकी जिल्ला न्यायाधीश पाउला जिनिससँगको छोटो समयमा आयोजना गरिएको श्रब्यदृश्य (भिडियो)सम्मेलन सरकारको योजनालाई स्वीकार गरे।

एब्रेगो गार्सीयाका वकिलहरूले जिनिसलाई एब्रेगो गार्सीयालाई टेनेसीबाट रिहा हुँदा मेरील्याण्डमा ल्याउन आदेश दिन आपतकालीन अनुरोध गरेका थिए। यो व्यवस्थाले उनलाई मुद्दाको सुनुवाइ हुनुअघि देशनिकाला हुनबाट रोक्नेछ।

प्रतिक्रिया