इरान-इजरायल संघर्ष ‘अतीत’ बनिसक्यो, अब कूटनीतिक सहकार्यको समय : रूसको आह्वान

इनेप्लिज २०८२ असार १२ गते २२:२३ मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मध्यपूर्वमा अवस्था “शान्त हुँदै गएको” छ र इजरायल–इरानबीचको द्वन्द्व अब “अतीत” भइसकेको देखिन्छ भन्दै टिप्पणी गरेका छन् ।

“यसको अर्थ अब इरानसहित त्यस क्षेत्रका सबै देशहरूसँग आर्थिक सम्बन्ध विस्तार गर्न सम्भव हुनेछ,” पुटिनले भने।

यसैबीच, रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया झाखारोभाले भनिन् ,”इजरायल, इरान र अमेरिका बीचको यो नाजुक युद्धविरामलाई जोगाउन र सुदृढ गर्न सबै पक्षले जतिसक्दो चाँडो वार्ताको मार्गमा फर्किन आवश्यक छ।”

उनले थपिन्, इरानी आणविक कार्यक्रमको समाधान तथा अन्य मध्यपूर्वीय संकटहरूको समाधान कूटनीति र वार्ताबाट मात्र सम्भव छ।

राष्ट्रपति पुटिनद्वारा प्रस्तावित ठोस कूटनीतिक उपायहरू अझै पनि वार्ताको टेबलमा छन् भन्ने उनले स्पष्ट पारिन्। ती प्रस्तावहरू अमेरिका, इजरायल र इरानलगायत सम्बन्धित सबै पक्षमा पुगिसकेको बताइन्।

प्रतिक्रिया