अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानमाथि हालै गरिएको अमेरिकी हमलाको बचाउ गर्दै बिहीबार पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा इरानका आणविक भट्टीहरूलाई लक्षित गरी शनिबार गरिएको बम आक्रमणको प्रभावसम्बन्धी प्रारम्भिक गुप्तचर मूल्याङ्कनको सॅचार माध्यम(मिडिया रिपोर्टिङ)को कडा आलोचना गरेका छन्।
हेगसेथले सञ्चारमाध्यमहरूलाई “महाद्वीपीय सुरक्षामा आएको ऐतिहासिक परिवर्तन” लाई स्वीकार गर्न आग्रह गरे।
उनले भने, “मलाई आशा छ, यति धेरै लेखहरू लेखिँदा, तपाईंका सबै सञ्चारमाध्यमहरूले अन्य राष्ट्रपतिहरूले गर्ने प्रयास गरेका, अन्य राष्ट्रपतिहरूले कुरा गरेका यस महाद्वीपीय सुरक्षामा आएको ऐतिहासिक परिवर्तनलाई उचित रूपमा स्वीकार गर्न समय निकाल्नेछन्। राष्ट्रपति ट्रम्पले यो पूरा गरे। यो ठूलो कुरा हो।”
रक्षामन्त्रीले विशेष गरी अमेरिकी गुप्तचरको प्रारम्भिक मूल्याङ्कनलाई उद्धृत गर्दै गरिएका सॅचार माध्यमका विवरणहरुको आलोचना गरे।
उक्त मूल्याङ्कनले हमलाले इरानको आणविक कार्यक्रमका मुख्य घटकहरूलाई “पूर्ण रूपमा नष्ट नगरेको” तर केही महिना मात्र पछाडि धकेलेको सुझाव दिएको थियो।
हेगसेथले यी प्रतिवेदनहरुलाई खारेज गर्दै मूल्याङ्कनको प्रारम्भिक प्रकृतिमा जोड दिए। उनले भने, फेरि भन्छु, यो प्रारम्भिक थियो ।
प्रतिक्रिया