इरानी सर्वोच्च नेता खामेनीको दाबी: इजरायललाई ध्वस्त , ‘नक्कली यहुदी शासन’ माथि विजय

इनेप्लिज २०८२ असार १२ गते १०:५० मा प्रकाशित

इरान-इजरायल द्वन्द्व युद्धविराममा टुङ्गिएपछि पहिलो पटक सार्वजनिक टिप्पणी गर्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले “नक्कली यहुदी शासनमाथि” हासिल गरेको “विजय” को लागि “इरानको महान राष्ट्र” लाई बधाई दिएका छन्।

राज्य-संचालित आईआरएनए समाचार एजेन्सीले खामेनीलाई उद्धृत गर्दै भनेको छ, “ती सबै हल्ला र सबै दावीहरूको बाबजुद पनि, यहुदी शासन लगभग ढल्यो र इस्लामिक गणतन्त्रको प्रहारले तहसनहस भयो ।” उनको यो भनाइले युद्धविरामपछि इरानले आफूलाई विजयी शक्तिको रूपमा प्रस्तुत गर्न खोजेको स्पष्ट पारेको छ।

यस घोषणाले हालैको शत्रुताको परिणामबारे इरानको दृष्टिकोण स्पष्ट पारेको छ।

गत जुन १३ मा इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गरी शीर्ष सैन्य सेनापति र वैज्ञानिकहरूलाई निशाना बनाएपछि युद्ध चर्किएयता खामेनी गोप्य स्थानमा लुकेर बसेका थिए र सार्वजनिक रूपमा देखा परेका थिएनन्।

यस द्वन्द्वले जुन २२मा एक ठूलो मोड लियो, जब अमेरिकी सेनाले भूमिगत आणविक भट्टीलाई बम प्रयोग गरी विशाल आक्रमण गर्‍यो। यस तीव्र आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम वार्ताका लागि सहयोग गरे । गत मंगलबार देखि लागू भएको छ

युद्ध चलिरहेकै बेला खामेनीले जुन १९मा एक श्रब्यदृश्य (भिडियो )सन्देश जारी गरेका थिए। उनले एक्स (पहिले ट्विटर) मा प्रकाशन गरेको आफ्नो पहिलो टिप्पणीमा इजरायलमाथि “विजयको लागि बधाई” दिएका छन् ।

प्रतिक्रिया