अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्याण्ड भ्रमणका क्रममा पुनः एकपटक मूलधारका विश्व प्रख्यात सॅचारमाध्यमहरु माथी कडा प्रहार गरेका छन्।
विशेषगरी द न्यूयोर्क टाइम्स र सिएनएन जस्ता ठूला सञ्चारमाध्यमहरूलाई उनले “झूटा समाचार फैलाउने र देशको गरिमा घटाउने षड्यन्त्रकारी” भन्दै आलोचना गरे।
सामाजिक सञ्जालमार्फत ट्रम्पले लेखे, “हामीले न्यूयोर्क टाइम्सलाई नकली समाचार दिने सिएनएनसँग मिलेर धोका दिँदै समातेका छौँ! उनीहरूले हाम्रा बि-२ बिमानचालकहरुको वीरता देखाउन खोज्ने महान कामलाई बेइज्जती गर्न खोजे, र त्यो सरासर गलत थियो।”
ट्रम्पको आक्रोशको मुख्य कारण मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको आलोचना हो। उनले भने, “तपाई सोच्नुहुन्छ—उनीहरूले हाम्रो सफलतामा गर्व गर्लान्, तर उनीहरू सधैँ हाम्रो देशलाई कमजोर देखाउन चाहन्छन्। यी पत्रकारहरू खराब मात्र होइन, बिरामी पनि छन्। यो पूर्ण विनाश हो ।
ट्रम्प हाल नेदरल्याण्डको हेग शहरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीसँग ऐतिहासिक वार्ताका लागि पुगेका थिए । तर उनले पश्चिमी सॅचारगृहहरुलाई देशभित्रैका सफलताहरूलाई बेइज्जती गर्ने, राष्ट्रवादको भावनालाई कमजोर पार्ने, र गलत जानकारी फैलाउने कार्यको दोषी ठहर गरे।
प्रतिक्रिया