“नेदरल्याण्डमा ट्रम्प–जेलेंस्की भेट: मध्यपूर्वमा सफलता, युक्रेनको सुरक्षा, र मानवरहित यान सहकार्यमा गहिरो छलफल”

इनेप्लिज २०८२ असार ११ गते १८:४९ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले नेदरल्याण्डको हेग शहरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटलाई “सार्थक” भनेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखे , 

“म राष्ट्रपति ट्रम्पलाई मध्यपूर्वमा भएको सफल सैन्य कारबाहीका लागि बधाई दिन चाहन्छु। अमेरिकाको उक्त कारबाहीले दुश्मनहरूको आणविक कार्यक्रम मात्र होइन, मानव रहित यान उत्पादन क्षमतामा पनि गम्भीर धक्का पुर्‍याएको छ। हामी यो अवस्थालाई निरन्तर निगरानीमा राख्नेछौँ।”

जेलेंस्कीले ट्रम्पसँग युक्रेनी जनताको सुरक्षाबारे पनि गहन छलफल भएको बताएका छन्। “सबैभन्दा पहिलो कुरा, अमेरिकी हवाई सुरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) किन्ने विषयमा कुराकानी भयो, जसले हाम्रा शहरहरू, जनताहरू, गिर्जाघरहरू र पूर्वाधारहरूलाई सुरक्षा दिन सकोस्। युक्रेन यो उपकरण किन्ने र अमेरिकी हतियार निर्माता कम्पनीहरूलाई समर्थन गर्न तयार छ। युरोपले पनि यसमा मद्दत गर्न सक्छ।”

उनीहरूबीच मानवरहित यान संयुक्त उत्पादनबारे पनि सम्भाव्यता छलफल भएको जनाइएको छ। “हामी एकअर्कालाई बलियो बनाउन सक्छौँ,” जेलेंस्कीले भने।

साथै, राष्ट्रपति ट्रम्पलाई उनले इस्तानबुलमा भएको प्रविधि टोलीको बैठक, युद्धकैदीलगायत मृत्यु भएका सैनिकहरूको आदानप्रदानबारे पनि जानकारी गराएका छन्।

यो भेटवार्तालाई विश्लेषकहरूले “शान्ति, सुरक्षासम्बन्धी सहकार्यको दिशामा ठुलो कदम” भनेका छन्।

प्रतिक्रिया