इरानका आणविक स्थलहरु “गम्भीर रूपमा क्षतिग्रस्त” भएको इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले एक अन्तर्वार्तामा बताएका छन्।
“हाम्रो आणविक स्थलहरुमा बारम्बार इजरायल र अमेरिकी आक्रमणकारीहरूले आक्रमण गरेका छन्, जसले ती गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्,” बाघेईले अल-जजिरासँग भने।
पहिले इरानी अधिकारीहरूले क्षतिको स्तरलाई कम महत्त्व दिँदै आएका थिए, तर हालको बाघेईको बयानले स्थिति निकै गम्भीर रहेको देखाएको छ।
बाघेईका अनुसार इरानको परमाणु ऊर्जा संगठन र सम्बन्धित निकायहरूले स्थलहरुको प्राविधिक मूल्यांकनमा जुटेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणले “पूरै नष्ट” भएको नेटोमा पत्रकार सम्मेलनमा बताए।
इस्राएलले छिट्टै आफ्नो छुट्टै गुप्तचर प्रतिवेदन दिने संकेत समेत ट्रम्पले गरेका छन्।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले पनि १२ दिने युद्धका क्रममा इरानका धेरै आणविक स्थलहरू “गम्भीर रूपमा नष्ट” भएको जनाएको छ।
बाघेईले भने इरानी संसदले आइएइएसँगको सहकार्य निलम्बन गर्ने निर्णय गरेको छ तर आणविक हतियारको विस्तार रोक्न बनेको गैर-प्रसार सन्धिबाट बाहिरिने निर्णय भने अनुमोदन गरेको छैन।
प्रतिक्रिया