इरान आक्रमणपछि ट्रम्पको दाबी: ‘विमानचालकहरले जीवन बाजी लगाए, निशाना सटीक थियो,’ तर प्रारम्भिक प्रतिवेदनमा भिन्नता

इनेप्लिज २०८२ असार ११ गते १६:५९ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानका आणविक भट्टीहरूमा आक्रमण गर्ने बी-२ बमबर्षक बिमानचालकहरुले “ठूलो जोखिम” मोलेको र “घर फर्किएर आफ्ना श्रीमान् वा श्रीमतीलाई देख्ने सम्भावना कम” रहेको बताए ।

ट्रम्पले एक चुहावट भएको प्रारम्भिक अमेरिकी गुप्तचर मूल्याङ्कनको सन्दर्भमा भने, “मलाई मिजौरीबाट दूरवार्ता( फोन) आयो… मलाई दूरवार्ता( फोन)आयो कि विमानमा रहेका विमानचालक र अन्य व्यक्तिहरू निराश थिए किनभने उनीहरू आक्रमणलाई न्यून गर्न खोजिरहेका थिए।” 

उक्त मूल्याङ्कनमा इरानमा अमेरिकी आक्रमणले लक्षित तीन आणविक भट्टीहरू नष्ट नगरेको बताइएको थियो।

उनीहरू सबैले निशानामा लागेको बताए र उनीहरूले आफ्नो ज्यान जोखिममा हाले, ट्रम्पले थपे। 

मैले उनीहरूमध्ये एकसँग कुरा गरें र उनलेआणविक भट्टीमा प्रहार भएको यो प्रहार सटीक भएको बताए ।

एक स्रोतले फक्स न्यूजलाई रक्षा गुप्तचर निकायको विवरणवारे  जानकारी दिँदै भने इरानका आणविक भट्टीहरू केही महिनाभित्रै पुनः सञ्चालनमा आउन सक्ने सुझाव दिएको उक्त मूल्याङ्कन “एक दिनको गुप्तचर विवरण ” मा आधारित रहेको बताएको छ।

स्रोतका अनुसार त्यसपछिका दिनहरूमा अन्य स्रोत र विधिहरू मार्फत थप गुप्तचर जानकारी सङ्कलन गरिएको छ ।

डीआईएको विवरणमा भनिएको छ, “यो प्रारम्भिक चरण बिडिए ( युद्ध क्षति मुल्याकन )हो,” जुन “जुन २२, २०२५, २१:०० अमेरिकी पूर्विय समय सम्मको गुप्तचर जानकारीमा आधारित छ।”

फक्सन्यूजका अनुसार प्रतिवेदनमा थप भनिएको छ, “पूर्ण चरण ३ बीडीएका लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्न दिनदेखि हप्तासम्म लाग्छ।”

प्रतिक्रिया