अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सप्ताहन्तमा इरानमाथि गरिएका आफ्ना हमलाहरूको तुलना जापानमा आणविक बमको प्रयोगसँग गरेका छन्। सिएनएनका अनुसार उनले दुवै घटनाले सफलतापूर्वक युद्ध अन्त्य गरेको दाबी गरे।
नेदरल्यान्ड्समा भएको नेटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले भने, “म हिरोसिमाको उदाहरण प्रयोग गर्न चाहन्नँ। म नागासाकीको उदाहरण प्रयोग गर्न चाहन्नँ, तर त्यो मूलतः युद्ध समाप्त गर्ने एउटै कुरा थियो।”
ट्रम्पले अगाडि भने, “यसले त्यो युद्ध समाप्त गर्यो। यदि हामीले त्यो कारबाही नगरेको भए, उनीहरू अहिले पनि लडिरहेका हुन्थे।” इरानको आणविक महत्वाकांक्षाबारे ट्रम्पले भने, मलाई लाग्दैन कि उनीहरू फेरि कहिल्यै त्यसो गर्नेछन्। उनीहरू भर्खर नरकबाट गुज्रिएका छन्।
मलाई लाग्छ उनीहरूले पर्याप्त भोगिसकेका छन्। उनीहरूको अन्तिम कुरा चाहनु भनेको देशलाई समृद्ध पार्नु हो । उनले इरानबाट भएको क्षतिको मूल्याङ्कनबारे इजरायलबाट प्रतिवेदन (रिपोर्ट)को प्रतीक्षा गरिरहेको र त्यसले आफ्नो पूर्ण विनाश को दाबीलाई पुष्टि गर्ने बताए।
प्रतिक्रिया